भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख १० हजार

जनकपुरधाम । भारतमा पछिल्लो २४ घण्टामा थप ७३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १० हजार ५८६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ६३ हजार ५०९ संक्रमित फेला परेका छन् । भारतमा कोरोना संक्रमितको संख्या ७२ लाख ३९ हजार ३८९ पुगेको छ । ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाएको छ ।

विश्वमा १० लाख ९६ हजारको मृत्यु

कोरोना भाइरसका कारण हालसम्म विश्वमा १० लाख ९६ हजार ८२८ जनाको मृत्यु भएको छ । यसैगरी, हालसम्म तीन करोड ८७ लाख ३४ हजार ६९४ जना संक्रमित भएका छन् ।

जसमध्ये २ करोड ९१ लाख २२ हजार ८९७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ७० हजार ३८४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा बुधवार ६७ हजार ९८८ जनालाई संत्रक्रमण भएको छ भने ६९४ जनाको मृत्यु भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस