काठमाडौँ, २८ पुस । नेपालमा सन् २०२५ जनवरी १ देखि डिसेम्बर ३१ सम्म प्रेस स्वतन्त्रता हननका १२१ घटना दर्ता भएका छन्। प्रेस काउन्सिल नेपालको अनुगमन र दर्ता भएको निवेदनको आधारमा प्रकाशित तथ्याङ्कअनुसार सबैभन्दा धेरै घटना धम्की र दुर्व्यवहारका ५०, आक्रमण/कुटपिट ३७, पेशागत असुरक्षा १५, कब्जा/अवरोध नौ, गिरफ्तारी प्रयास पाँच, शङ्कास्पद मृत्यु दुई, नीतिगत बन्देज दुई र लैङ्गिक हिंसा एक रहेको छ।
प्रदेशअनुसार बागमती प्रदेश सबैभन्दा बढी प्रभावित ६२ घटनासहित अग्रस्थानमा छ। मधेश २७, सदरपश्चिम आठ, कोशी सात, लुम्बिनी र गण्डकी छ–छ, कर्णाली पाँच घटनासहित पछाडि छन्।
लैङ्गिक आधारमा १९० पुरुष र १० महिला पत्रकार/सञ्चारकर्मीलाई प्रेस स्वतन्त्रता प्रयोग गर्न अवरोध पुगेको छ। यस अवधिमा १० घटना प्रेस स्वतन्त्रताको दुरुपयोगसमेत दर्ता भएको छ।
प्रेस काउन्सिलले पत्रकारको सुरक्षा सुनिश्चित गर्न र स्वतन्त्र समाचार प्रकाशनको वातावरण मजबुत बनाउने आवश्यक्ता औँल्याएको छ। Image : Ai Generated