मावि खुरहुरियामा चौथो चरणको सरसफाई

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर १, स्थित जनता माध्यमिक (प्राविधिक धार) विद्यालय खुरहुरियामा पूर्व विद्यार्थी समाजले शनिवार सरसफाइ कार्यक्रम आयोजना गरेका छन् ।

चौथो चरण अन्तर्गत विद्यालयमा सरसफाइ कार्यक्रमलाई निरन्तरता दिइएको हो । विद्यालयको प्रवेशद्वार तथा आसपासका झारपात तथा फोहोर सफा गरिएको छ ।

सरसफाइ कार्यक्रममा पूर्व विद्यार्थी समाजका संयोजक श्यामसुन्दर यादव, सहसंयोजक केदार यादव, विद्यालय व्यवस्थापन समितिका सदस्य टेकनारायण यादव, गाउँपालिकाका कर्मचारी जयप्रकाश यादव, शिक्षक दिपेन्द्र कुमार यादव, देवेन्द्र कुमार यादव, शिव यादव, अनिल यादव समेतका युवाहरुले सहभागिता जनाएका छन् ।

सरसफाइ कार्यलाई आगामी दिनमा समेत निरन्तरता दिई विद्यालयको वातावरण सुधारका लागि अगाडि बढ्ने सहसंयोजक केदार यादवले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस