नवनियुक्त प्रधानमन्त्री बालेन साहद्वारा शपथ ग्रहण

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता साहलाई राष्ट्रपति पौडेलले शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले आज बिहानै नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम साहलाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको छ ।

समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री सुशीला कार्की तथा पूर्व प्रधानमन्त्रीहरू सहभागी भएका थिए । यसका साथै संवैधानिक निकायका प्रमुख, उच्च पदस्थ सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख तथा नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रधानमन्त्रीको शपथ वैदिक–सनातन परम्परासहित सम्पन्न गरिएको छ । समारोहमा सात शङ्खबाट शङ्खनाद गरिएको छ भने १०८ जना वटुकद्वारा स्वस्ति–शान्ति वाचन र १०८ जना बौद्ध भिक्षु लामाद्वारा शुभ–मङ्गल पाठ गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस