आयुर्वेदमा नशासम्बन्धी समस्याको उपचार किन प्रभावकारी मानिन्छ ?

यसमा रोगको मूल कारणमा ध्यान दिइन्छ । दुखाइ कम गर्ने मात्र होइन, वातदोषको असन्तुलन, मांसपेशीको कडापन, सूजन र जीवनशैली सुधारमा पनि ध्यान दिइन्छ ।
पञ्चकर्म उपचारले विशेष भूमिका खेल्छ । अभ्यङ्ग (तेल मालिस), स्वेदन, कटिबस्ति, ग्रीवाबस्ति, बस्ति आदि उपचारले धेरै बिरामीमा लक्षण कम गर्न सहयोग पुर्‍याउँछ ।

प्राकृतिक औषधि र तेलहरूको प्रयोग गरिन्छ । चिकित्सकको सल्लाहअनुसार प्रयोग गरिने आयुर्वेदिक औषधि तथा औषधीय तेलहरूले वात शमन र सूजन कम गर्न सहयोग गर्छन् । पुनः दोहोरिने सम्भावना कम गर्ने प्रयास गरिन्छ ।

उचित आहार, विहार, योग र नियमित व्यायाममार्फत दीर्घकालीन व्यवस्थापनमा जोड दिइन्छ । सबैमा शल्यक्रियाको आवश्यकता पर्दैन ।
धेरै बिरामीमा उचित आयुर्वेदिक उपचार, थेरापी र जीवनशैली सुधारबाट पनि राम्रो सुधार आउन सक्छ । सबै केसमा चाहिँ होइन । तर यदि हातखुट्टा अत्यधिक कमजोर हुने, दिसा–पिसाब नियन्त्रण गुम्ने वा असह्य दुखाइ हुनेजस्ता गम्भीर लक्षण छन् भने तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ ।

Author:



क्याटोगरी छान्‍नुहोस