विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख ७ हजार नाघ्यो

जनकपुरधाम । विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ लाख ७ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा थप ६ हजार ४६ संक्रमितको मृत्यु भएको छ ।

योसँगै विश्वमा हालसम्म संक्रमणबाट ११ लाख ७ हजार ३७४ को मृत्यु भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा ३ लाख ८९ हजार ६८३ संक्रमित थपिएका छन्

हालसम्म विश्वमा ३ करोड ९५ लाख ९६ हजार ८५८ जनामा संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस