रसुवा बाढीमा बेपत्ता सप्तरीका चौधरीको प्रतीकात्मक अन्त्येष्टि

राजविराज । रसुवामा आएको विनाशकारी बाढीका क्रममा बेपत्ता भएका सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर–६ कठौना निवासी ओमप्रकाश चौधरीको हिन्दू संस्कार अनुसार प्रतीकात्मक अन्त्येष्टि गरिएको छ ।

चौधरीको पार्थिव शरीर फेला नपरेपछि परिवारले कुशको प्रतीकात्मक शव बनाएर शुक्रबार अन्त्येष्टि गरेको हो ।चौधरी अपर त्रिसुली ए हाइड्रो इलेक्ट्रिक प्रोजेक्टमा कार्यरत थिए । भदौ १० गते रसुवामा आएको भीषण बाढीपछि बेपत्ता भएका थिए । लामो समयसम्म खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गर्ने निर्णय गरेको जनाएको छ ।

अन्त्येष्टिका क्रममा उनका करिब दुई वर्षका छोराले दागबत्ती दिएका छन् । पार्थिव शरीर नै फेला नपरेको अवस्थामा कुशको प्रतीकात्मक शव बनाई अन्त्येष्टि गर्नुपर्दा परिवार, आफन्त तथा स्थानीयवार्सी भावविह्वल भएका छन् ।

परिवारजनले वास्तविक पार्थिव शरीर फेला पर्ने आशा लामो समयसम्म राखे पनि कतैबाट कुनै खबर नआएपछि बाध्य भएर संस्कार गरिएको जनाइएको छ । Image: facebook

Author:



क्याटोगरी छान्‍नुहोस