मुटुमा समस्या हुँदा शरीरले दिने ४ सङ्केत : आयुर्वेदले के भन्छ ?

डा. सुषमा साउद

मुटुमा समस्या हुँदा सधैँ एक्कासि तीव्र दुखाइ हुन्छ भन्ने छैन । कहिलेकाहीँ शरीरले सामान्यजस्ता लाग्ने लक्षणबाट पनि चेतावनी दिइरहेको हुन्छ । आयुर्वेदको चरकसंहितामा हृद्रोगबारे वर्णन गरिएको छ, जसका लक्षणमध्ये यी चार सङ्केत आधुनिक चिकित्साका दृष्टिले पनि महत्त्वपूर्ण छन् ।

१. छाती दुख्ने वा भारी हुने :

छातीमा कसैले थिचेजस्तो, च्यापेजस्तो वा घोचेजस्तो महसुस हुनु । आयुर्वेदमा यसलाई हृद्रोगसँग सम्बन्धित पीडा र भारीपनका रूपमा वर्णन गरिएको छ ।

२. सास फेर्न गाह्रो हुने :

सामान्य हिँडडुल वा सानो काम गर्दा पनि अस्वाभाविक रूपमा सास फुल्नु । चरकसंहितामा हृद्रोगका लक्षणमध्ये ‘श्वास’ पनि भनिएको छ ।

३. मुटुको धड्कन असामान्य हुने :

मुटु अचानक धेरै छिटो, जोडले वा अनियमित रूपमा धड्किएको महसुस हुनु । आयुर्वेदमा ‘हृद्द्रव’ अर्थात् धड्कन बढेको अनुभूतिको वर्णन छ ।

४. चक्कर आउने वा बेहोस हुने :

अचानक रिँगटा लाग्नु, आँखाअगाडि अँध्यारो हुनु वा होस गुम्नु । आयुर्वेदमा ‘मूर्च्छा’ र ‘भ्रम’ जस्ता लक्षण भनिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस