नाक कोट्याउने बानी छ ?

डा. सुषमा साउद
धेरै मानिसलाई नाक कोट्याउने बानी हुन्छ । विशेषगरी नाकभित्र सिँगान सुकेर जमेको बेला वा चिलाउँदा धेरैले औँला हालेर सफा गर्ने गरेको देखिन्छ ।

बारम्बार यसरी नाक कोट्याउँदा भित्रको नरम छालामा घाउ हुन सक्छ । साना रक्तनलीमा चोट लागेर रगत पनि आउन सक्छ । अझ फोहोर औँलाले कोट्याउँदा संक्रमणको जोखिम बढ्छ । नाकभित्र साना फोका आउने, दुख्ने, सुन्निने र पिप आउने समस्या पनि हुन सक्छ ।

अष्टाङ्गहृदयमा भनिएको छ, ‘नासा हि शिरसो द्वारम् ।’ अर्थात् नाकलाई शिरको द्वार मानिएको छ । आयुर्वेदमा नाकको स्वास्थ्यलाई महत्त्व दिँदै नस्य जस्ता उपचार विधि तोकिएको छ ।

त्यसो भए नाक कसरी सफा राख्ने ?

नाकभित्र सिँगान सुकेर जमेको छ भने औँलाले जबर्जस्ती निकाल्ने प्रयास नगर्नुहोस् । सामान्य सलाइन (नुनपानी) नाक स्प्रेले सुक्खापन र जमेको सिँगान नरम बनाउन सहयोग गर्न सक्छ ।

हात सफा राख्नुहोस् । नङ छोटो काट्नुहोस् । सकेसम्म नाक कोट्याउने बानी घटाउनुहोस् । नाक सफा राख्नु राम्रो बानी भएजस्तै सफा गर्ने नाममा नाकभित्र चोट पुर्‍याउनु नराम्रो बानी हो ।

Author:



क्याटोगरी छान्‍नुहोस