राजविराज । भारतले नेपाललाई ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराउने भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त प्रेस वक्तव्यमा भारतले नेपाललाई कुल २ खर्ब ४० अर्ब रुपैयाँ आर्थिक सहयोग गर्ने जानकारी गराइएको हो।
परराष्ट्र मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा घोषणा गरेको आर्थिक सहयोग प्याकेजमध्ये भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि ३५ अर्ब भारतीय रुपैयाँ अर्थात् नेपाली ५६ अर्ब रुपैयाँ अनुदान छुट्याइएको छ।
त्यस्तै, बाँकी १ खर्ब १५ अर्ब भारतीय रुपैयाँ अर्थात् नेपाली १ खर्ब ८४ अर्ब रुपैयाँ लाइन अफ क्रेडिट (सहुलियतपूर्ण ऋण) अन्तर्गत उपलब्ध गराइने संयुक्त वक्तव्यमा उल्लेख छ।
यस सहयोगले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा नेपालका विभिन्न विकास परियोजनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ। Image:RSS