विहिवार थप ३ हजार ६३७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ लाख ४८ हजार

जनकपुरधाम, ६ कार्तिक । देशभर विहिवार थप ३ हजार ६३७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६३७ संक्रमित थपिएका हुन् ।

सोही अवधिमा ३ हजार २१५ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म कुल १ लाख २ हजार ८२० जना संक्रमित कोरोना मुक्त भएका छन् ।

देशभर हालसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ रहेको छ । हालसम्म १ लाख ४८ हजार ५०९ संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १५ हजार २५५ जनाको पिसिआर परीक्षण गरिएको छ । हालसम्म १३ लाख ५० हजार १५२ जनाको पिसिआर परीक्षण गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस