बोदे बरसाईनमा ट्याक्टरको ठक्करले वालिकाको मृत्यु

उमेशकुमार साह
राजविराज, ९ कार्तिक । सप्तरीको बोदे बरसाईन नगरपालिका–३ स्थित ट्याक्टरले ठक्कर दिँदा आइतवार एक बालिकाको मृत्यु भएको छ ।

बाटो काट्ने क्रममा स १ त ४९७३ नम्वरको ट्याक्टरले ठक्कर दिँदा सोही ठाउँका सत्यनारायण साहकी ७ वर्षीया छोरी द्रोपतिकुमारी साहको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी वालिकाको उपचारकोलागि लैजाने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बोदे बरसाईनका प्रमुख अयोधिशरण यादवले बताए । बालुवा लोड रहेको सो ट्याक्टर नियन्त्रणमा लिइएको छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस