नोबेल मेडिकल कलेजमा चार जना कोरोना संक्रमितको मृत्यु

विराटनगर, १५ कार्तिक । विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कलेजका प्रबन्धक नारायणप्रसाद दाहालका अनुसार नोवेल मेडिकल कलेजमा उर्लाबारी १ की ६६ वषीया महिला र सुनसरी ईटहरीका ४२ वर्षीय पुरूषको मृत्यु भएको छ । यसैगरी झापा विर्तामोडका ७५ वर्षीय वृद्ध र सुन्दरहरैचा नगरपालिका १० की ६९ वर्षीया महिलाको मृत्यु भएको छ ।

उर्लाबारीकी महिलालाई १३ गते अस्पतालमा भर्ना गरिएको थियो । सोहि दिन उनमा संक्रमण देखिएकोमा शनिवार विहान मृत्यु भएको छ । सुनसरी इटहरीका संक्रमित पुरुषलाई कलेज ल्याउनु अघि नै शुक्रवार मृत्यु भएको दाहालले बताए ।

यसैगरी दुई दिनअघि भर्ना भएका विर्तामोडका वृद्धमा सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । निमोनियाको समस्या देखिएका उनको शनिवार मृत्यु भएको छ । सुन्दरहरैचाकी महिलालाई १० गते नै कोरोना पोजेटिभ देखिएपछि नोबेलमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको विहान मृत्यु भएको कलेजका प्रबन्धक दाहालले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस