कोरोनाबाट अकाल मृत्यु रोक्न सरकार गम्भीर बनोस्ः अध्यक्ष यादव

राजविराज, १६ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको गैरजिम्मेवारीका कारण उपचार नपाएर कोरोना सङ्क्रमितहरुको अकालमै मृत्यु हुने क्रम बढ्दै गएकोले गम्भीर बन्न आग्रह गरेका छन् ।

सप्तरीका मलेठमा आइतवार संक्षिप्त कुराकानी गर्दै उनले यस्तो आरोप लगाएका हुन् । जनताले अनिवार्य रुपमा कोरोना भाइरसको उपचार पाउनुपर्नेमा संविधानले प्रदत गरेको अधिकारको समेत ठाढो उल्लंघन गरेको बताउँदै उनले भने ‘कतिपय कोरोना सङ्क्रमितह अस्पतालसम्म पुग्न नपाई, अस्पताल पुगे पनि बेड अभाव भर्नासम्म नपाएको तथा भेन्टिलेटरसम्म पुग्न नपाएर अकालमै मृत्युको शिकार बन्न बाध्य छन्, आफ्ना नागरिकको ज्यान जोगाउनु सरकारको दायित्व हो, यस दायित्वबाट सरकार चुकेको छ ।’

पीसीआर परीक्षणको दायरा बढाएर आइसोलेसन, कोभिड अस्पताल, जनशक्ति र उपकरणको व्यवस्था मिलाउनुपर्नेमो जोड दिँदै पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका नेता यादवले अबको समयमा थप संक्रमण बढ्नसक्ने भएकोले तत्काल ठोस कदम चाल्न आग्रह गरे । कोभिड १९ महामारीको अवस्थामा पत्रकारहरु श्रमजिवी पत्रकारहरु उच्च जोखिममा रहेको बताउँदै अध्यक्ष यादवले भने ‘वर्तमान विकट परिस्थितिमा पत्रकारहरुले स्वास्थ्यकर्मीहरु जस्तै अत्यधिक जोखिम मोलेर जिम्मेवारी वहन गरिरहेका छन्, पेशागत सुनिश्चितता तथा समुचित व्यवस्थापनकालागि विशेष ध्यान दिनुपर्दछ ।’ अत्यधिक प्रभावित पनि बढी प्रभावित रहेकाले सञ्चार क्षेत्र र श्रमजिवी सञ्चारकर्मीहरुकोलागि तत्काल अन्तरिम व्यवस्था गरेर विशेष राहत सुविधा दिनुपर्नेमा जोड दिएका छन् ।

राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुन नदिनकालागि सरकारद्वारा नै षडयन्त्र भईरहेको उनले आरोप लगाए । प्रतिष्ठान स्थापना हुन नदिन चलखेल भईरहेको बताउँदै उनले भने ‘अन्य नेताको नामबाट प्रतिष्ठान स्थापना हुने अनि रामराजाको नामबाट प्रतिष्ठान किन नहुने ? प्रतिष्ठानको कामकार्वाही अविलम्ब अगाडि बढाउन तथा सरोकारवाला निकायलाई पहलकदमी लिन अध्यक्ष यादवले आग्रह गरे ।

 

Author:



क्याटोगरी छान्‍नुहोस