गायिका शारदा सिन्हाले मतदान गर्दै भनिन् ‘एक मत महत्वपूर्ण छ’

 

बिहार विधानसभा चुनाव २०२० मा दोस्रो चरणको मतदानमा प्रसिद्ध लोक गायिका शारदा सिन्हा समेत सहभागी भएकी छिन् ।

बिहारको पटना स्थित मतदान केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् । दोस्रो चरणमा १७ जिल्लाको ९४ विधानसभा सीटकालागि मतदान भईरहेको छ । प्रत्येक मत महत्वपूर्ण रहेको भन्दै उनले मतदानमा भाग लिन सम्पूर्ण मतदातासँग आग्रह गरेकी छिन् ।

मतदान केन्द्रमा सहभागी हुनकालागि अनिवार्य रुपमा मास्क लगाएर दूरी कायम गर्दै समयमै मतदान गर्न गायिका सिन्हाले अपील गरेकी छिन् । उनी भोजपुरी तथा मैथिली भाषाका प्रसिद्ध लोक गायिका हुन् ।

बिहार चुनावको दोस्रो चरणमा १ हजार ४ सय ६३ जना प्रत्यासीको भाग्य र भविष्यको छिनोफानो हुनेछ । पश्चिम चम्पारण, पूर्वी चंपारण, शिवहर, सीतामढी, मधुबनी, दरभंगा, मुजफ्फरपुर, गोपालगंज, सीवान, छपरा, वैशाली, समस्तीपुर, बेगूसराय, खगडिया, भागलपुर, नालंदा र पटना जिल्लामा मतदान जारी रहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ६ बजे सकिनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस