जसपा अध्यक्ष यादवको स्वकीय सचिवमा सुभाष नियुक्त

राजविराज, १८ कार्तिक । पूर्व उप–प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष सांसद उपेन्द्र यादवको स्वकीय सचिवमा युवा नेता सुभाष यादव नियुक्त भएका छन् ।

सप्तरीको महदेवा गाउँपालिका वडा नम्वर ६ ढिकुली निवासी उनी २०५९ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहँदैआएका छन् । ३३ वर्षिय सुभाष २०५९ सालदेखि ०६४ सालसम्म मधेशी विद्यार्थी फोरमको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

विद्यार्थी फोरमको केन्द्रिय सदस्य हुँदै युवा फोरमको केन्द्रिय सचिवालय सदस्य समेत भएका थिए । विद्यार्थी तथा युवा राजनीतिसँगै पार्टीको नेतृत्वमा भएका हरेक आन्दोलनहरुमा उनले सक्रिय भूमिका निभाउँदैआएको जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य अशोक कुमार यादवले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780