विहार विधानसभा चुनाव : मतगणना जारी, एनडीएको अग्रता

राजविराज । भारतको विहार विधानसभा चुनावको मंगलवार विहान ८ बजेदेखि मतगणना जारी रहेको छ । तीन घण्टाको मतगणनापछि एनडीएले अग्रता कायम गरेको छ ।

मतगणनाअनुसार तेजस्वी यादवको नेतृत्वमा रहेको महागठबन्धन र नीतिश कुमारको नेतृत्वमा रहेको एनडीएबीच कडा प्रतिष्पर्धा पाइएको छ । यद्यपी, एनडीएले महागठबन्धनभन्दा अधिक स्थानमा अग्रता कायम गरेको छ ।

यसैबीच बीजेपी विहारमा सवैभन्दा ठुलो पार्टी बनेर अगाडी आएको छ । विहारमा ३८ वटा जिल्लामा भएको मतदानको ५५ वटा मतगणना केन्द्रमा मतगणना जारी छ ।

चुनावको परिणामले विहार राज्यमा नीतीश कुमार सरकारको भविष्य तय गर्नेछ । नीतीश कुमार पछिल्लो १५ वर्षदेखि विहारका मुख्यमन्त्री थिए । यद्यपी, अधिकांश ‘एग्जिट पोल’मा राजदका नेता तेजस्वी यादवको नेतृत्वमा रहेको ५ वटा दलको महागठबन्धनले जीत हासिल गर्ने अनुमान लगाएको थियो ।

पछिल्लो अपडेट:

अग्रताअनुसार हालसम्म एनडीएले बहुमतको आंकडा पार गरेको छ । १२२ बहुमतको आंकडा रहेकोमा एनडीएले १३० सिटमा अग्रता लिएको छ । यसैगरी, महागठबन्धनले ९८ सिटमा अग्रता लिएको छ । अन्य पार्टी भने १३ सिटमा अग्रता लिएको छ । आजतक

Author:



क्याटोगरी छान्‍नुहोस