सुनको भाउ ३ हजार ४ सयले घट्यो (आज यतिमा हुँदैछ कारोबार)

राजविराज, २५ कार्तिक । नेपाली बजारमा आज तीन हजारभन्दा बढि रुपैयाँ घटेर सुनको कारोबार हुँदैछ । छापवाला सुन मूल्य प्रति तोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

पछिल्लो दिनको तुलनामा प्रति तोलामा ३ हजार ४ सय रुपैयाँले घटेको छ । सोमवार उक्त सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोवार भएको थियो ।

यसैगरी सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा तेजाबी सुन खरिद बिक्री भईरहेको छ । आज चाँदीको प्रतितोला १ हजार २१५ रुपैयाँ कायम गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस