देशभर पछिल्लो २४ घण्टामा २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि, थप २२ जनाको मृत्यु

जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ७३६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार थपिएका संक्रमितसँगै संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ८५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ६० हजार ५७७ पुगेको तथ्यांकमा छ ।

हालसम्म १५ लाख ६४ हजार २१४ जनाको पिसीआर परीक्षण गरिएको छ । हाल ३८ हजार ३५ आइसोलेसनमा रहेको जनाएको छ ।

कोरोनाबाट थप २२ जनाको मृत्यु

तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २२ मृत्यु मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १४८ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस