पाँच किलो ७ सय गाँजासहित २ महिला पक्राउ

विराटनगर, २५ कार्तिक । मोरङ विराटनगर महानगरपालिका– ४ कन्चनवारीबाट नियन्त्रित लागुऔषध गाँजासहित दुई महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–९ की ४० बर्षीया सिता राई र साँगुरीगढी गाउँपालिका–१ की २० बर्षीया बबिता राई रहेकी छन् । उनीहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समुह (आरआईटी) बाट खटिएको अनुसन्धान टोलीले पक्राउ परेको हो ।

उनीहरुको साथबाट ५ किलो ७०० ग्राम गाँजासहित बरामद गरिएको प्रहरीले जनाएको छ । दुवै महिलामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस