विहार चुनावः एनडीएले पाए पूर्ण बहुमत, आरजेटी सबैभन्दा ठुलो पार्टी

राजविराज । भारतको विहार विधानसभाको चुनाव अन्तर्गत मंगलवार भएको मत गणनाको नतिजा सार्वजनिक भइसकेको छ । नतिजाअनुसार विहारमा फेरी एनडीएकै सरकार बन्ने निश्चित भएको हो ।

कुल २४३ विधानसभा सिट रहेको विहारमा सरकार बनाउनकालागि १२२ सिटको आवश्यकता पर्दछ । चुनावको नतिजाअनुसार कुल २४३ सिटमध्ये एनडीएले १२५ सिटमा जित हासिल गरेर पूर्ण बहुमत प्राप्त गरेको छ ।

एनडीएपछि महागठबन्धनले ११० सिट हासिल गरेको छ । यसैगरी जेडीयूले ४३, आँल इण्डिया मजलिस–ए–इत्तेहादल मुस्लिमीनले ५, बहुजन समाज पार्टीले १ सिटमा विजयी हासिल गरेको छ ।

आरजेडी ठुलो पार्टी

महागठबन्धनको अगुवाई गर्ने राष्ट्रिय जनता दल (आरजेडी)ले ७५ सिटमा विजयी हासिल गरेर सवैभन्दा ठुलो पार्टी बनेको छ । यसैगरी भारतीय जनता पार्टी (विजेपी)ले ७४ सिट हात पार्दै दोश्रो स्थान कायम गरेको छ ।

सन् २०१५ मा आरजेडीले ८० र विजेपीले ५३ सिटमा जित हासिल गरेका थिए । बीबीसी हिन्दी

Author:



क्याटोगरी छान्‍नुहोस