विसनपुर-बोदे बरसाईन सडक खण्डमा दुर्घटना हुँदा तीन जना घाइते

उमेशकुमार साह
बोदे बरसाईन(सप्तरी), ११ मंसिर । विसनपुर–बोदे बरसाईन–स्वर्णपट्टी सडक खण्ड अन्तर्गत सप्तरीको बोदे बरसाईन नगरपालिका-५ बिसनपुरमा बुधवार साँझ सडक दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

सडक छेउमा वालुवा अनलोड गरिरहेको स १त ३१३४ नम्वरको ट्याक्टसँग स ४ प ६०८१ नम्वरको मोटरसाईकल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाईकल चालक खडक नगरपालिका–६ बस्ने मो. हासिम मियाँ तथा पछाडी सवार बोदे बरसाईन–३ का २१ को नसेबुल रहमान र सोही ठाउँका १८ को मो.सैफुला घाइते भएका छन् ।

उनीहरुलाई स्थानिय क्लिनिकमा सामान्य उपचारपछि थप उपचारको लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको छ । ट्याक्टर चालक राजविराज–७ निवासी किसुन यादव र ट्याक्टर ईलाका प्रहरी कार्यालय बोदे बरसाईनले नियन्त्रणमा लिएको जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस