प्रिया सिंह थारु
राजविराज, १८ मङ्सिर । उद्योग, वन तथा पर्यटन राज्यमन्त्री सुरेश कुमार मण्डलले संघले देशमा संघीयता आए पनि आदिवासी जनजातीले अझैं अधिकार र सहभागितामा समुचित पहुँच हुन नसकेको बताएका छन् ।
सप्तरीको सप्तकोशी नगरपालिका स्थित ओद्राहामा विहीबार आयोजित आदिवासी जनजाती भवन द्घाटन तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रदेश २ लाई अन्य प्रदेशको तुलनामा कम बजेट दिएर अझैं विभेद कायमै राखेको बताउँदै संघीयता विफल पार्न संघ सरकार नै सक्रिय रहेको प्रमुख अतिथि मन्त्री मण्डलले आरोप लगाए ।
कार्यक्रमका विशिष्ठ अतिथि आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखीले आदिवासी जनजातिहरु राज्यको हरेक अंगको पहुँचमा पछाडि रहेको भन्दै विभेद विरुद्ध संघर्ष गर्नुपर्नेमा जोड दिए । आफुहरुले आफ्नो हक, अधिकारको बारेमा राजनीतिक दलहरुलाई समेत बुझाउने प्रयास गर्दैआए पनि बुझ्न नचाहेको उनले आरोप बताए ।
कार्यक्रममा आदिवासी जनजाति महासंघ संघीय परिषद् सदस्य ज्योती दनुवार, महासंघ सुनसरीका पूर्व अध्यक्ष सुरेश तामाङ्ग, सिन्धुलीका पूर्व सचिव गोकुल भुजेल लगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रममा स्वागत मन्तव्य लिला थापा मगर तथा सञ्चालन बृजमान तामाङ्गले गरे ।