कोरोना अपडेटः मृतक परिवारको घर सिल, १६ जनाको स्वाब संकलन

राजविराज, २ साउन । सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यवसायीको घर सिल गरी परिवारका १६ जनाको स्वाब संकलन गरिएको छ ।
राजविराज नगरपालिका–६ का ७३ वर्षीय व्यवसायीको बिहीबार राति ११ बजे मृत्यु भएको हो । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो । मुटु, थाईराइड र प्रोष्टेडका रोगी रहेका दास करिव २५ वर्षदेखि विभिन्न रोगको औषधी सेवन गर्दै आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार भारतको दरभंगाबाट पत्नीलाई उपचार गराएर १३ दिन अघि भारतको दरभंगाबाट आएका थिए । घरफर्केसँगै परिवारका सबै सदस्य होम क्वारेन्टाईनमा बस्दै आएका थिए । असार ३० गते ज्वरो तथा स्वास प्रस्वास सम्वन्धि समस्या देखिएपछि उनलाई उपचारका लागि विराटनगर स्थित गोल्डेन अस्पताल लगिएको थियो । गोल्डेन अस्पतालमा निमोनियाको समस्या देखिएको र कोरोना परीक्षण पश्चात मात्रै उपचार थाल्ने वताएपछि उनलाई धरान पुर्याईएको थियो । कोरोना परीक्षण र उपचारसँगै भईरहेको बेला उनको मृत्यु भएको थियो ।
यता सामाजिक क्षेत्रमा सक्रिय रहँदैआएका उनको शवको व्यवस्थापन गर्ने जिम्मा नेपाली सेनालाई दिएको छ । घरमै रहेका उनकी पत्नीसहित परिवारका अन्य ६ जना सदस्यको स्वाव संकलन गरिएको छ । यसैगरी मृतकको सम्पर्कमा आएका अन्य १० जनाको स्वाव संकलन गरिएको स्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस