दुर्घटनामा एक पैदल यात्रीको मृत्यु

मोरङ, १७ पुस । मोरङको बिराटनगर महानगरपालिका वडा नम्वर ३ पिपल चोकमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

शुक्रवार विहान उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको एनएलओ एक एल ५७८४ नम्वरको इण्डियन लहरीले जेब्राक्रसिङमा बाटो क्रस गर्दै गरेका पैदल यात्री बिराटनगर महानगरपालिका ४ का ७५ बर्षीय राम प्रसाद पोखरेललाई ठक्कर दिंदा घाईते भएका थिए । उनको पोखरेलको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने लहरी र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस