मोटरसाइकलको ठक्करबाट महिलाको ज्यान गयो

राजविराज । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कंकालिनी मन्दिर अगाडी भएको मोटरसाइकल दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको कपतानगंज गाउँपालिका–२ का धनिक रामकी ६५ वर्षीया पत्नी वुधनीदेवी राम रहेकी छिन । शनिवार स १ प २९४८ नम्वरको मोटरसाइकलको ठक्करबाट घाइते भएकी रामको उपचारकोलागि विराटनगरस्थित नोवेल अस्पतालतर्फ पठाउने क्रममा मृत्यु भएको छ ।

मोटरसाइकलसहित चालक सिरहाको गोलबजार नगरपालिका–४ का २१ वर्षीय मिथलेश साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस