घुस रकमसहित प्रहरी जवान यादव पक्राउ

विराटनगर । सुनसरीको ईलाका प्रहरी कार्यालय सितागञ्जमा कार्यरत एक जना प्रहरी जवानलाई ४० हजार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले शुक्रवार प्रहरी जवान कासिन्दर यादवलाई पक्राउ परेको हो ।

यादवले ईलाका प्रहरी कार्यालय सितागञ्जमा परेको उजुरी मिलाई दिने प्रयोजनका लागि सेवाग्राही सो रकम माग गरेको सूचनाको आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिजालले विज्ञप्तीमार्फत जानकारी दिए ।

उनका अनुसार यादवलाई रकम लिइसकेको अवस्थामा विराटनगर महानगरपालिका–४ स्थित नोबेल मेडिकल कजेजको गेट नजिकबाट नियन्त्रणमा लिइएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780