बोदे बरसाईन खेल मैदानमा स्टेडियम निर्माण हुने

उमेश कुमार साह
बोदे बरसाईन, १० वैशाख । सप्तरीको बोदे बरसाईन नगरपालिका–५ स्थित चन्द्रा नमूना माध्यमिक विद्यालयको खेल मैदानमा स्टेडियम निर्माण हुने भएको छ । स्टेडियम निर्माणको लागि शुक्रवार आयोजना गरिएको एक समारोहका बीच शिलान्यास भएको छ ।

राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादव र नगरपालिकाका मेयर आतेश कुमार सिंह यादवले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । समारोहमा विद्यालयका प्रधानाध्यापक गैरीशंकर चौधरी लगायतको उपस्थिती थियो ।

प्रदेश २ को समाजिक विकास मन्त्रालयबाट स्वीकृत समाजिक बिकास इकाई कार्यक्रम अन्तर्गत २० लाख रुपैयाँको लागतमा स्टेडियम निर्माण हुन लागेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस