सप्तरी प्रहरीको अभियान ‘तपाईको मास्क खैँ ?’

राजविराज, १४ साउन । कोरोना भाइरसबाट सर्वसाधारणलाई जोगाउनकालागि सप्तरी प्रहरीले ‘तपाईको मास्क खैँ ?’ नामक सचेतनामुलक कार्यक्रम थालेको छ ।

कोरोना भाइरस संक्रमणको उच्च जोखिममा सप्तरी जिल्ला रहँदा पनि सर्वसाधारणले मास्क लगाउन समेत चरम लापर्वाही गरिरहेको भन्दै प्रहरी कार्यालयले सचेतनामूलक कार्यक्रम अगाडि बढाएको हो । जिल्ला प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मङ्गलवार रुपनी गाउपालिका वडा नम्वर १ रुपनी चौकमा जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको प्रमुख आतिथ्य तथा सुरक्षा निकायका जिल्ला प्रमुखहरुको उपस्थितिमा कार्यक्रम आयोजना गरियो ।

कोरोना भाइरसबाट जोगिन अपनाउनुपर्ने सचेतताबारे कार्यक्रममा जानकारी दिईएको छ । जिल्लामा बढ्दै गईरहेको संक्रमणलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालयद्वारा जारी गरिएको निषेधाज्ञा र मास्कको अनिवार्यता र कानूनी व्यवस्थाबारे प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिईएको छ । सोही अवसरमा सर्वसाधारणलाई तीन सय मास्क समेत वितरण गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिएका छन् ।

प्रहरीले हालसम्म घरबाट अति आवश्यक कामले घरबाट बाहिर निस्किदा मास्कसम्म नलगाई चरम लापर्वाही गर्ने एक सय पचास जना भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिई जरिवानासम्म तिर्न लगाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस