सुशान्तलाई उक्साएको भन्दै प्रेमिका रियामाथि एफआइआर

राजविराज । बलिवुड अभिनेता सुशांत सिंह राजपूतको आत्महत्याको घटनामा उनकै प्रेमिका रिया चक्रवर्तीमाथि उक्साएको एफआइआर दर्ता गराईएको छ ।

सुशान्तका पिता केके सिंहले रियामाथि आरोप लगाउँदै पटनाको राजीव नगर थानामा एफआइआर दर्ता गराएका हुन् । सुशान्त र रिया विगत लामो समयदेखि रिलेशनसिपमा रहँदैआएको भारतीय मिडिया ‘आजतक’ले जनाएको छ । यसै बिच सुशान्तका पिताको आरोप पछि नायिका कङ्गना रनौतले सामाजिक सञ्जाल मार्फत पछिल्लो पटक फिल्म र मिडिया माफियाको कारण सुशान्तलाई मानसिक हुँदैआएको खुलासा गरेकी छिन् । उनले ट्वीट मार्फत आखिर किन एक प्रतिभावान अभिनेताले सबै छाडेर किन केरलमा खेती गर्न चाहिरहेका थिए ?

कङ्गनाको डिजिटल टीमले ट्वीट गर्दै २०१९ मा वर्षभरि सुशान्तले कुनै फिल्मको सुटिङ्ग गरेको थिएन । फिल्म माफियाले बायकट गरेको थियो । आखिर किन यति पावरहाउस ट्यालेन्टेड कलाकारले आफ्नो शानदार क्यारियर छोड्न बाध्य भईरहेका थिए । उनले साइन्समा समेत राम्रो क्यारियर बनाउन सक्थे, तर किन उनी खेती गर्न चाहन्थे ? भनी कङ्गनाको डिजिटल टिमले ट्वीट गरेको छ ।

  कङ्गनाले सुशान्तको आत्महत्याको सन्दर्भमा शुरुदेखि नै आफ्नो विचार राख्दैआएकी छिन् । मुम्बई पुलिस अहिलेसम्म फिल्मी उद्योगका ४० जनाभन्दा व्यक्तिसँग सोधपुछ गरिसकेका छन् । प्रहरीले धर्मा प्रोडक्शनका साथै सीईओ अपूर्व मेहताको बयान समेत दर्ज गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस