भारतलाई देखाएर मात्र हुँदैन, औचित्य पुष्टि गर्नुपर्छ

जीवनको लामो उर्जामय समय वामपन्थी राजनीतिक धारमा सक्रियतापूर्वक बिताएका अशोक राई उक्त धारको मुख्य घटक तत्कालीन नेकपा एमालेका उपाध्यक्षसमेत बन्न सफल भए । जब पहिचानको आन्दोलन सुरु भयो, उनले मूल धारको राजनीति र त्यसबाट हासिल गरेको व्यक्तिगत प्रतिष्ठालाई समेत दाउमा राखेर आफ्नै नेतृत्वमा छुट्टै राजनीतिक दल खोले । आफ्नो नेतृत्वको दल संघीय समाजवादी पार्टीले दोस्रो संविधानसभाको निर्वाचनमा उत्साहप्रद नतिजा ल्याउन नसके पनि उनी कहिल्यै निराश भएनन्, बरु पहिचानवादी आन्दोलन विस्तार गर्ने र पहिचानवादी राजनीतिक शक्ति एकीकृत गर्ने अभियानमा निरन्तर अघि बढे । यही अभियानअन्तर्गत विभिन्न चरणमा विभिन्न दलहरुसँग एकता गर्दै अहिले जनता समाजवादी पार्टी नेपालको वरिष्ठ नेताका रुपमा रहेका राईले आफ्नो राजनीतिक धरातललाई फराकिलो तुल्याएका छन् । यसबीचमा धेरै राजनीतिक उतारचढाव देखा परे । वामपन्थी गठबन्धनको भारी जीत, तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि झण्डै दुई तिहाई बहुमतको कम्युनिस्ट सरकार, अढाई वर्ष पुग्दा नपुग्दै सत्तारुढ दलभित्रै प्रधानमन्त्रीको राजीनामा माग भएका घटनाक्रमले सबैको ध्यान आकृष्ट गरिरहेको छ । यसबीचमा नागरिकताका विवाद पनि मुखर भएर आइरहेकाे छ । प्रस्तुत छ, यिनै विषयवस्तुको सेरोफेरोमा रहेर जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईसँग गरिएको कुराकानी–

कोरोना महामारीको त्रास फैलिरहेको बेला देशमा राजनीतिक तरङ्ग पनि उत्पन्न भएको छ,किन होला?यो राजनीतिक दाउपेचको समय हो र?

–कोभिड–१९ को महामारीबाट उत्पन्न सामाजिक गतिहीनताको बेला राजनीतिक गतिशीलता अत्यन्त तीब्र भएको छ । तर यो एउटा संयोगमात्र हो भन्ने लाग्छ । यो बेलामा कोरोना महामारीलाई कसरी नियन्त्रण गर्ने र त्यसबाट भएको आर्थिक क्षति र सामाजिक पीडालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्नेतिर सबैको ध्यान जानुपर्ने हो । त्यसका लागि एउटा संयन्त्र बनाउनुपर्छ भनी प्रधानमन्त्रीसँग आग्रह गर्दा उहाँले यसका लागि ‘सरकार नै काफी छ’ भन्नुभयो । तर आज (असार १९) सम्म १४ हजारभन्दा बढीको संख्यामा कोरोना संक्रमित हुनुले सरकार यसमा पूर्णरुपमा असफल भएको देखिएको छ ।

मुल समस्याबाट विषयान्तर गर्दै अहिलेको राजनीतिक गतिशीलता ल्याउनमा प्रधानमन्त्री केपी शर्मा ओलीकै योगदान छ । तर यो एउटा संयोग नै हो । ‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्ने उखान चरितार्थ हुने गरी प्रधानमन्त्री ओलीले गर्नुभएका केही गलत कामका परिणामले सबै दलमा तरङ्ग पैदा भएको छ ।


मुल समस्याबाट विषयान्तर गर्दै अहिलेको राजनीतिक गतिशीलता ल्याउनमा प्रधानमन्त्री केपी शर्मा ओलीकै योगदान छ । तर यो एउटा संयोग नै हो । ‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्ने उखान चरितार्थ हुने गरी प्रधानमन्त्री ओलीले गर्नुभएका केही गलत कामका परिणामले सबै दलमा तरङ्ग पैदा भएको छ ।

कोरोना नियन्त्रणमा भएको असफलताबाट जनताको ध्यान अन्यत्र मोड्नका लागि यस प्रकारको राजनीतिक तरङ्ग उत्पन्न गरिएको हो भन्ने आरोप पनि छ । यसलाई राजनीतिक रुपमा तपाई कसरी हेर्नुहुन्छ?

–प्रधानमन्त्रीले कोरोनाबाट जनताको ध्यान अन्यत्र डाइभर्ट गर्नका लागि जानी जानी राजनीतिक तरङ्ग ल्याउनु भएको हो जस्तो लाग्दैन । तर उहाँको कार्यशैली नै अत्यन्त दोषपूर्ण छ । उहाँले आफ्नो कार्यशैली सुधार्नु पर्छ भनी मैले धेरैपटक सार्वजनिक रुपमा भन्दै आएको छु । अहिले उहाँहरुको पार्टीमा देखिएको विवाद उहाँकै कार्यशैलीको कारणले नै भएको हो ।

तपाईंले उहाँ (केपी शर्मां ओली) सँग निकै लामो समयसम्म काम गर्नुभएको छ,उहाँ व्यक्तिगत रुपमा पहिलादेखि नै यस्तै हुनुहुन्थ्यो कि अहिले आएर उहाँमा त्यस्तो परिवर्तन देखिएको हो?

–गफाडी त उहाँ शुरुदेखि नै हुनुहुन्छ । नजानेको कुरामा पनि जान्दछु भन्ने देखाउनुपर्ने उहाँको शुरुदेखिकै बानी हो । अहिले आएर उहाँमा घमण्ड र अटेरीपना पनि थपियो । यो देशको कार्यकारी प्रमुख हुँ, सरकारको प्रमुख हुँ, मैले कसैलाई टेर्नु, गन्नु र मान्नु पर्दैन, ‘आइ एम द स्टेट’ भन्ने खालको घमण्ड उहाँमा पलायो । त्यसबाट सृजना हुने कार्यशैलीको कारणले प्रतिपक्षी दलका मात्र होइन, आफ्नो दलका नेताहरु पनि विरोधमा खडा भएको अवस्था छ ।


गफाडी त उहाँ शुरुदेखि नै हुनुहुन्छ । नजानेको कुरामा पनि जान्दछु भन्ने देखाउनुपर्ने उहाँको शुरुदेखिकै बानी हो । अहिले आएर उहाँमा घमण्ड र अटेरीपना पनि थपियो । यो देशको कार्यकारी प्रमुख हुँ, सरकारको प्रमुख हुँ, मैले कसैलाई टेर्नु, गन्नु र मान्नु पर्दैन, ‘आइ एम द स्टेट’ भन्ने खालको घमण्ड उहाँमा पलायो ।


तत्कालीन समाजवादी पार्टी र राजपा नेपाल पार्टीलाई उहाँले तोडफोडको प्रयत्न गर्नुभएको थियो । तर त्यसमा उहाँलाई सफलता प्राप्त भएन । देशका सम्पूर्ण राजनीतिक शक्तिहरु एक ढिक्का भएर कोरोनाबाट उत्पन्न संकटलाई एकजुट भई सामना गर्नुपर्ने बेलामा उहाँका त्यसखालको हरकतले एक अर्कामा झैझगडा, विवाद र तानातान गर्नुपर्ने जस्तो स्थिति उत्पन्न भएको छ ।

प्रधानमन्त्री ओलीमा अहंकार, सत्ता उन्माद छ भन्ने खालको संकेत गर्नुभयो । तर शासन सत्तामा गएपछि जनताको सेवक बन्नुपर्नेहरुमा जहिले पनि आफूलाई शासक र जनतालाई शासित ठान्ने मनोवृति बारम्बार देखिएका छन् । तपाईंको विचारमा यो राजनीतिक प्रणालीकै समस्या हो कि साँस्कृतिक समस्या पनि हो ?

–यो अलिकति राजनीतिक सँस्कृतिको कुरा पनि हो । मुख्यगरी यो व्यक्तिको आचरणको कुरा पनि हो । व्यक्तिको आचरण उसको स्वभावबाट पनि प्रभावित हुने कुरा हो । सामन्ती सोचबाट नेताहरु मुक्त भएका देखिदैनन् । नेताहरुले आफूलाई जनताको सेवक हुँ भन्नु पर्नेमा म चाहिँ शासक हुँ भनी ठान्ने र सोही अनुसारको आचरण गर्ने गरेको देखिन्छ । जनताले प्रश्न उठाउँदा ‘त्यस्तो प्रश्न उठाउने को हो त्यो ?’ भन्ने मनोवृत्ति देखिएको छ । त्यसले गर्दा यस्तो अवस्था सृजना भएको हो ।

विधान, पद्धतिलाई तिलाञ्जली दिँदै पार्टी नेतृत्वका सबै निर्णयहरुलाई सदर गर्ने र नेतृत्वलाई देवत्वकरण गर्ने प्रवृत्ति मौलाउँदै जाँदा पनि यस्तो अवस्था सृजना भएको त होइन ?

त्यो निश्चय नै हो नि । दुवैथरी गलत हुन् । एउटाले विधान र प्रकृया नमानीकन मैले जे भन्छु त्यही नै अन्तिम सत्य हो, सबैले मान्नुपर्छ, स्वीकार गर्नुपर्छ भन्ने ठान्ने र नेतृत्वका सम्पूर्ण कामहरुप्रति आँखा चिम्लेर उनीहरुलाई देवत्वकरण गरेर वाहवाही गर्दै हिँड्ने प्रवृत्ति, दुवै गलत हो । गलतलाई गलत भन्ने, र सहीलाई सही भन्न सक्ने चेतना जबसम्म नेता तथा कार्यकर्तामा पलाउँदैन, तबसम्म यसखालको समस्याहरु आइरहन्छन् । सोभियत संघ ढल्नुको पछाडि एउटा कारण नेताहरु तानाशाह बन्ने र नेताहरुलाई देवत्वकरण गर्नु पनि हो । मदन भण्डारीले त्यसैबाट शिक्षा लिएर जनताको बहुदलीय जनवादको सिद्धान्त अघि सार्नुभयो । उहाँले नेताहरु पार्टीका कार्यकर्ताबाट र जनताबाट समेत अनुमोदित हुनुपर्छ, पार्टीको सार्वभौमसत्ता पार्टीका सदस्यहरुमा निहित हुनुपर्छ भन्नुभयो । तर त्यसको ठीक विपरीत बहुदलीय जनवादका अनुयायी हुँ भन्ने नेताहरुमा ‘म नै सम्पूर्ण हुँ, म नै अन्तिम सत्य हुँ’ भन्ने मतिभ्रम पलाएपछि संकट आउनु स्वाभाविक हो ।


गलतलाई गलत भन्ने, र सहीलाई सही भन्न सक्ने चेतना जबसम्म नेता तथा कार्यकर्तामा पलाउँदैन, तबसम्म यसखालको समस्याहरु आइरहन्छन् । सोभियत संघ ढल्नुको पछाडि एउटा कारण नेताहरु तानाशाह बन्ने र नेताहरुलाई देवत्वकरण गर्नु पनि हो ।


तपाईले उठाउनु भएका कुरा नेकपामा मात्र सीमित छैन, प्रतिपक्षी काँग्रेस तथा तपाईंको जनता समाजवादी पार्टीमा पनि देखिएको छ । तपाई स्वयंको पार्टीमा पनि अहिले नेतृत्वको लागि, अध्यक्षको लागि लडाइँ छ, पदको लडाइँ छ, यस्तो किन ?

–सामन्तवादी सँस्कारबाट हामी सबै पीडित छौं । व्यक्तिको स्वभावले त्यसमा तल–माथि वा कम–बढी हुन्छ । हामी पनि पूर्णमुक्त र चोखो छौं भन्ने होइन । मैले समग्र नेपालको राजनीतिक आन्दोलन र नेताहरुको समान्य प्रवृतिको चर्चा गरेको हुँ । तर छवटा पार्टी मिलेर बनेको राजपा र सानो ठूलो गरी २०–२५ वटा पार्टी मिलेर बनेको समाजवादी पार्टी मिलेर हाम्रो जसपा बनेको कारण एकताको शिलशिलामा स्वाभाविक रुपमा पदहरुको, पदाधिकारीहरुको व्यवस्थापन गर्नु नै पर्ने हुन्छ । त्यसमा हामीकहाँ छलफल चलेको हो, चलिरहेको छ पनि । त्यसलाई स्वाभाविक हो भन्छु म । महाधिवशेनपछि बन्ने नेतृत्व र विधिमा हामी प्रतिवद्ध भएर जानैपर्ने हुन्छ ।

सत्तारुढ नेकपामा सरकारले पार्टीलाई वास्ता गरेन, पार्टीले सरकारलाई वास्ता गरेन भनी आरोप प्रत्यारोप चलिरहेको छ । त्यतिमात्र होइन, त्यहाँ नेतृत्वको प्रतिस्पर्धा पनि देखिएको छ । त्यसलाई पद र प्रतिष्ठाको झगडा भन्न सकिन्छ । उहाँहरुको झगडा कुनै नीति, कुनै सिद्धान्तमा आधारित भएर चलेको छैन । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुईटै पद छोड्नुपर्छ भन्ने एकथरी छन् भने अर्कोथरी छोड्नु हुँदैन भन्ने छन् ।

पार्टीभित्र ओलीको राजिनामा मागिरहेकै छन्, त्यो प्रतिष्ठाको लडाइँले गर्दा होला तर तपाईको पार्टीले पनि बेलाबेलामा उहाँको राजिनामा माग्ने गरेको छ । प्रधानमन्त्री ओलीले राजिनामा दिनैपर्ने अवस्था हो ?

–नैतिक हिसाबले कुरा गर्ने हो भने उहाँले हाम्रो पार्टी विभाजन गर्ने प्रयत्न गर्दा जे जस्ता अनैतिक कामहरु गर्नुभयो, त्यसै बेला राजिनामा दिइसक्नु पर्ने थियो । उहाँले कति सफलतापूर्वक सरकार सञ्चालन गरिरहनु भएको छ भन्ने कुरा त कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको कामबाट पनि पुष्टि हुन्छ । त्यस्तै उहाँकै मन्त्रिपरिषद् सदस्य तथा उहाँका नजिकका अन्य व्यक्ति अनेकौं भ्रष्टाचारमा मुछिएका छन्, तर छानविन समेत गर्नुहुन्न । पार्टी चलाउने क्षमता उहाँमा पहिलादेखि छँदै थिएन । उहाँ कोठामा बसेर फोन चलाउने हो, दिमाग चलाउने हो । पार्टी निर्माण कार्यमा पहिले पनि उहाँको खास योगदान थिएन । खासमा भन्ने हो भने उहाँ यो परिवर्तनको विरुद्धमा उभिएको मान्छे हो । यो परिवर्तनको विरोध गर्ने व्यक्ति संयोगले परिवर्तनको सबभन्दा महत्वपूर्ण ठाउँमा पुग्नुभयो ।


उहाँकै मन्त्रिपरिषद् सदस्य तथा उहाँका नजिकका अन्य व्यक्ति अनेकौं भ्रष्टाचारमा मुछिएका छन्, तर छानविन समेत गर्नुहुन्न । पार्टी चलाउने क्षमता उहाँमा पहिलादेखि छँदै थिएन । उहाँ कोठामा बसेर फोन चलाउने हो, दिमाग चलाउने हो । पार्टी निर्माण कार्यमा पहिले पनि उहाँको खास योगदान थिएन । खासमा भन्ने हो भने उहाँ यो परिवर्तनको विरुद्धमा उभिएको मान्छे हो ।


त्यसो भए के उहाँ अहिलेको यो परिवर्तनलाई उल्ट्याउने दाउमा लाग्नु भएको हो ?

–विगतको १० वर्षे जनयुद्ध, जनआन्दोलन, मधेश जनविद्रोह, आदिवासी जनजातिहरुको आन्दोलन, दलितहरुको आन्दोलनका मागहरुलाई उल्टाउने दिशामा उहाँ संविधानसभामा नरहँदा देखि नै लाग्नु भएको थियो । संविधान जारी भइसकेपछि कतिपय चिजलाई उल्टाउँछु भन्ने चाहे पनि स्थिति त्यति अनुकुल छैन । उहाँले सार्वजनिक रुपमै यो परिवर्तनको स्वामित्व लिन अस्वीकार पनि गर्नुभएको हो । तर दुर्भाग्य, उहाँजस्तो नेतालाई जनताले जिताएर पठाएका छन् ।  त्यसैले उहाँलाई स्वीकार गर्नुपर्ने बाध्यता भयो ।

हामीलाई थाहा भएसम्म देशमा नागरिकता समस्या कहिल्यै समाधान भएन । जहिले पनि नागरिकता एउटा समस्या बनेर रह्यो । अहिले वैवाहिक अंगीकृत नागरिकताका विषयमा तपाईहरुले आन्दोलन गरिरहनु भएको छ । खासमा अंगीकृत नागरिकताका लागि आन्दोलन किन ?

–यी आन्दोलनहरु यिनै सत्ता संचालक नेताहरुकै सोचका उपज हुन् । हिजो उहाँहरुले नै अन्तरिम संविधानमा नेपाली पुरुषसँग विदेशी महिलाले बिहे गरेर आफ्नो देशको नागरिकता त्यागेको कारवाही शुरु गरेपछि नेपालमा नागरिकता पाउने भन्ने प्रावधान राख्नु भएको थियो । तर अहिले त्यसलाई खारेज गर्ने कुरा उहाँहरुले नै ल्याउनुभयो । एकपटक दिएको अधिकार वा सुविधा विना कुनै उचित कारणले खोस्ने काम भइरहेको छ । यसले गर्दा विवाद उत्पन्न हुनु स्वाभाविक नै हो । अहिलेको सात वर्षपछि मात्र नागरिकता पाउने प्रावधान उचित हो भने हिजो त्यो किन राखिएन ? त्यो पनि प्रश्न उठ्ने भयो । त्यसको औचित्य पुष्टि गर्नुपर्छ । खालि भारतलाई देखाएर हुँदैन । भारतमा पनि सात वर्षे प्रावधान भएकोले हामीकहाँ पनि सात वर्ष राख्नुपर्छ भन्ने सोच देखियो यहाँ । नेपालमा भारतबाट मात्र बिहे गरेर आउँदैनन् । भारतकै कुरा गर्दा पहिचानका आधारमा त्यहाँ संघीय राज्यहरु स्थापना भएका छन् । त्यस्तै यहाँ पनि हुनुपर्छ भन्दा भारतको नक्कल गर्नुहुँदैन भन्नेहरु पनि छन् । अहिले भारतमा वैवाहिक अंगीकृत नागरिकताको प्रावधान सात वर्षको छ, यहाँ पनि त्यति नै हुनुपर्छ भनिरहेका छन् । कसैकसैले यसलाई राष्ट्रियताको विषय बनाएर पनि कुरा गरिरहेका छन् । उताको नागरिकता त्यागेपछि नागरिकता दिँदा राष्ट्रघात हुने, त्यही नागरिकता सात वर्षपछि दिँदा राष्ट्रवाद हुने, यो कस्तो राष्ट्रवाद हो ? त्यसो भए १० वर्षपछि दिँदा अझै राष्ट्रवादी होला । २० वर्षपछि दिँदा झन् महान् राष्ट्रवादी होला ! यो एकदम हस्यास्पद कुतर्क हो ।


अहिले भारतमा वैवाहिक अंगीकृत नागरिकताको प्रावधान सात वर्षको छ, यहाँ पनि त्यति नै हुनुपर्छ भनिरहेका छन् । कसैकसैले यसलाई राष्ट्रियताको विषय बनाएर पनि कुरा गरिरहेका छन् । उताको नागरिकता त्यागेपछि नागरिकता दिँदा राष्ट्रघात हुने, त्यही नागरिकता सात वर्षपछि दिँदा राष्ट्रवाद हुने, यो कस्तो राष्ट्रवाद हो ? त्यसो भए १० वर्षपछि दिँदा अझै राष्ट्रवादी होला । २० वर्षपछि दिँदा झन् महान् राष्ट्रवादी होला ! यो एकदम हस्यास्पद कुतर्क हो ।


हिजोको प्रावधान राष्ट्रघाती थियो भने त्यो राष्ट्रघाती काम गर्ने उहाँहरु नै हो । उहाँहरुले भन्नु पर्यो कि हामीले हिजो गल्ती गरेका थियौं । यो निकै नै संवेदनशिल विषय हो । यसमा निकै सोच विचार गरेर निर्णयहरु गर्नुपर्छ । केटाकेटीपन प्रदर्शन गरिनु हुँदैन ।

तर अहिलेको यो नागरिकता विवादमा पहाड र तराई विभाजन भएको छ, यो सवाललाई नेपाल–भारतसम्बन्धसँग जोडेर हेरिएको छ । नक्सा र सीमाको विवादमा जसरी राष्ट्रिय सहमति बन्यो, त्यसरी नै नागरिकतामा किन सहमति बन्न सकेन त ?

–यो संकीर्ण दृष्टिकोण र सन्तुलित दृष्टिकोण बीचको फरक हो । यो पहाड र मधेशबीचको भिन्नता होइन । किनभने यसमा पहाड पनि बोलेको छ, हिमाल पनि बोलेको छ, आदिवासी जनजाति बोलेको छ, खस आर्य पनि बोलेको छ । तर यो कुरा सही हो कि यसमा राष्ट्रिय सहमति बन्न सकेन । नेपाली पुरुषसँग बिहे गर्ने महिला आफ्नो देशको नागरिकता त्यागिसकेपछि नेपाली नागरिक नै बन्छन् । उनीबाट जन्मिने सन्तान नेपाली नागरिक नै हुन्छन् । उसले बिहे गरेर आएपछि व्यवसाय, पढाइ लेखाइ, जागिर, वैदेशिक रोजगार गर्नुपर्ने हुनसक्छ । यी काम गर्न ती महिलालाई कुनै समस्या नहोस् भनि सोच्ने दायित्व राज्यको हो । यसमा धेरै संकीर्ण हुनुपर्छ जस्तो लाग्दैन । यसलाई भारतसँग जोडेर हेर्नु झन संकीर्ण सोच हो ।


नेपाल–भारत सिमा क्षेत्रमा एउटै साँस्कृतिक समूह रहेको र खुल्ला सीमाना भएको कारणले स्वाभाविक रुपमा अलिकति बढी, खासगरी तराई मधेशका जनताका बिहेबारी हुन्छन् । तर हामीले सहज ढंगले नागरिकता दिँदैमा सारा भारतीय महिला नागरिकताकै लागि बिहे गरेर आउँछन् भन्ने त होइन नि । दुई देशका जनतामाझ स्वाभाविक ढंगले साँस्कृतिक रुपमा बिहेबारी हुने गरेको छ, जसमा कुनै राजनीतिक स्वार्थ हुँदैन ।


नेपाल–भारत सिमा क्षेत्रमा एउटै साँस्कृतिक समूह रहेको र खुल्ला सीमाना भएको कारणले स्वाभाविक रुपमा अलिकति बढी, खासगरी तराई मधेशका जनताका बिहेबारी हुन्छन् । तर हामीले सहज ढंगले नागरिकता दिँदैमा सारा भारतीय महिला नागरिकताकै लागि बिहे गरेर आउँछन् भन्ने त होइन नि । दुई देशका जनतामाझ स्वाभाविक ढंगले साँस्कृतिक रुपमा बिहेबारी हुने गरेको छ, जसमा कुनै राजनीतिक स्वार्थ हुँदैन । तर यही सवाललाई जानी जानी विवादमा ल्याउनु संकीर्ण सोच हो ।

अंगीकृत नागरिकताधारीलाई आर्थिक, समाजिक, साँस्कृतिकलगायतको आधिकार दिनुपर्छ तर नेपाली वंशजकै जस्तै राजनीतिक अधिकार दिनु हुँदैन भन्ने तर्क पनि छ नि ! यसमा तपाईको पार्टीको धारणा के हो ?

–अहिलेको विधेयकमा पनि त्यो कुरा राखिएको छ भने मैले सुनेको छु । बिहे गरेर आउने बित्तिकै केही अधिकार प्राप्त हुने तर राजनीतिक अधिकार तथा जागिर खान नपाउने प्रावधान राखिएको भन्ने सुनेको छु । सुविधा दिने कुरा प्रशंसनीय र सकारात्मक हो, यसलाई नराम्रो भन्न मिल्दैन । तर यसअघि उताको नागरिकता त्यागेको कारवाही चलाएपछि नागरिकता दिने कुरालाई नै सहज बनाइएको थियो । त्यो नै गर्दा राम्रो हुन्छ । किनभने नेपालमा नागरिकता नै सबै चिज हो । नागरिकताको कार्ड भएन भने उस्तै भयो भने ट्वाइलेट पनि प्रयोग गर्न पाइँदैन । अरु मुलुकको ग्रीन कार्ड जस्तो, पर्मानेन्ट रिजेडेन्सी जस्तो प्रयोग हामी कहाँ भएको छैन । यो विधेयकले यस्तो प्रावधान ल्याएको छ भन्ने सुनेको छु तर हामीकहाँ नागरिकतालाई जुन संवेदनशीलताको साथमा प्रयोग गर्छौ, त्यो आवश्यकतालाई अहिले ल्याएको व्यवस्थाले कति हदसम्म पूर्ति गर्न सक्छ, त्यो चाहिँ भोलिका लागि पर्खिनै पर्छ ।


नेपालमा नागरिकता नै सबै चिज हो । नागरिकताको कार्ड भएन भने उस्तै भयो भने ट्वाइलेट पनि प्रयोग गर्न पाइँदैन । अरु मुलुकको ग्रीन कार्ड जस्तो, पर्मानेन्ट रिजेडेन्सी जस्तो प्रयोग हामी कहाँ भएको छैन । यो विधेयकले यस्तो प्रावधान ल्याएको छ भन्ने सुनेको छु तर हामीकहाँ नागरिकतालाई जुन संवेदनशीलताको साथमा प्रयोग गर्छौ, त्यो आवश्यकतालाई अहिले ल्याएको व्यवस्थाले कति हदसम्म पूर्ति गर्न सक्छ, त्यो चाहिँ भोलिका लागि पर्खिनै पर्छ ।


यो समस्यालाई ठोस रुपमा समाधान गर्नका लागि के के गर्नुपर्छ त ?

– हामीले भनेको कुरा हिजो दिइसकेको अधिकार र व्यवस्थालाई कायम राख्नुपर्छ भन्ने हो ।

नेपाली पुरुषसँग बिहे गरेपछि प्राप्त गर्ने वैवाहिक अंगीकृत नागरिकताधारी महिलाबाट यहाँका रैथाने महिला असुरक्षित देखिन्छन् अर्थात उनीहरुले अंगीकृत नागरिकता पाए भने यहाँका वंशज महिला पछाडि पर्छन् भन्ने तर्कहरु पनि सुनिएको छ । यो तर्कप्रति कति सहमत हुनुहुन्छ ?

–यो तर्कमा सहमत हुन सकिँदैन । अंगीकृत नागरिकताको कुरा गर्ने हो भने दुईखालको नागरिकताको कुरा गर्नुपर्छ । एउटा यहाँ आउँदा सोझै अंगीकृत नागरिकता लिन खोज्ने र अर्को वैवाहिक अंगीकृत नागरिकता हुन्छ । वैवाहिक अंगीकृत नागरिकहरुलाई निश्चित ओहदाहरुमा जान बन्देज लगाएको छ हाम्रो संविधानले । यद्यपि मन्त्री, सांसद बन्ने अवस्थाहरु छन् । संविधानले व्यवस्था गरे अनुसार वैवाहिक अंगीकृत नागरिकले आधिकार पाइरहेको छ तर त्यो अधिकार नदिएको भए त्यहाँका वंशज नागरिकले अवसर पाउँथे भन्नु तर्कपूर्ण कुरा होइन । यो तर्क बिहे नै गरेर नआएको भए हुन्थ्यो नि भनेजस्तो भयो । अंगीकृत नागरिकलाई मन्त्री र सांसद पनि बन्न दिनु हुँदैन भन्ने हो भने त्यो कुरा जनस्तरबाट आउनुपर्छ र त्यसको औचित्य कति हुन्छ भन्ने पनि विचार गर्नुपर्छ ।


संविधानले व्यवस्था गरे अनुसार वैवाहिक अंगीकृत नागरिकले आधिकार पाइरहेको छ तर त्यो अधिकार नदिएको भए त्यहाँका वंशज नागरिकले अवसर पाउँथे भन्नु तर्कपूर्ण कुरा होइन । यो तर्क बिहे नै गरेर नआएको भए हुन्थ्यो नि भनेजस्तो भयो । अंगीकृत नागरिकलाई मन्त्री र सांसद पनि बन्न दिनु हुँदैन भन्ने हो भने त्यो कुरा जनस्तरबाट आउनुपर्छ र त्यसको औचित्य कति हुन्छ भन्ने पनि विचार गर्नुपर्छ ।


एकजना विदेशी महिलाले नेपालीसँग विवाह गर्दा आफ्नो जन्मभूमि त्यागेर आउँछिन् । साँस्कृतिक रुपमा पनि उनले आफ्नो सँस्कृतिसँगै आफ्नो विवाहित घरको सँस्कृतिलाई पनि अपनाउनु पर्ने अवस्था हुन्छ । उनका सन्तान नेपाली हुन्छन् । त्यसैले यो मानवीय कुरा पनि हो ।

विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गर्दा अंगीकृत नागरिकता पाउने तर विदेशी पुरुषले नेपाली महिलासँग बिहे गर्दा अंगीकृत नागरिकता किन नपाउने ?

–हामीले यसलाई लैगिंक विभेदको रुपमा लिएका छौं । तर उनीहरु संविधानमै यसको व्यवस्था छैन भन्दै पन्छिएका छन् ।

नेपालमा एउटा कुरा एकदमै उठ्ने गरेको छ – त्यो हो, सिक्किमीकरण र फिजिकरण । यस सन्दर्भमा खुल्ला सिमाना नियमन हुनुपर्छ भन्ने कुरा पनि उठ्ने गर्छ । यसमा तपाईको धारणा के छ ?

–सीमा नियमन गर्नु नराम्रो कुरा होइन । तर सिक्किमीकरण र फिजिकरणको उदाहरण हामीकहाँ लागु हुँदैन । फिजिमा अंग्रेजहरुले जवर्जस्ती उठाएर मजदुरका रुपमा लगेका मान्छेहरुले त्यहाँ हक खोज्ने सन्दर्भ पनि जोडिन्छ । सिक्किमको प्रसंग छुट्टै हो । तराईमा साँस्कृतिक निकटताका कारण सीमा पारी हुने विवाह तथा लेनदेन  सुनियोजित राजनीतिक घटनाक्रम हो भन्ने सोच राख्नेहरुको दिमागमा सिक्किकीकरण, फिजीकरण जस्ता कुराहरु आउँछन् । जुन कुरामा कुनै दम छ भनेजस्तो मलाई लाग्दैन । सीमा कति बन्द गर्न सकिन्छ, त्यो अध्ययनको विषय हो तर नियमन चाहिँ गर्नुपर्छ । सीमामा बस्नेलाई विशेष किसिमको पास दिएर आवतजावत गर्न दिनुपर्छ र टाढाका मान्छेलाई रेगुलेट गर्नुपर्छ । यो उपयोगी हो जस्तो लाग्छ ।


तराईमा साँस्कृतिक निकटताका कारण सीमा पारी हुने विवाह तथा लेनदेन  सुनियोजित राजनीतिक घटनाक्रम हो भन्ने सोच राख्नेहरुको दिमागमा सिक्किकीकरण, फिजीकरण जस्ता कुराहरु आउँछन् । जुन कुरामा कुनै दम छ भनेजस्तो मलाई लाग्दैन । सीमा कति बन्द गर्न सकिन्छ, त्यो अध्ययनको विषय हो तर नियमन चाहिँ गर्नुपर्छ ।


नेपाल र भारतबीच दाइ भाइ, बेटी रोटी सम्बन्धको कुरा उठ्छ तर अब त्योभन्दा माथि उठेर यी दुई देशबीच सार्वभौम दुई सम्पन्न मुलुकबीचको सम्बन्धको रुपमा अघि बढ्नुपर्छ भन्ने भनाइबारे तपाईको धारणा के छ ?

–हामी दुई देश मित्र हौं । खासगरि हिजोका राजा राजौटाहरु भारतका राजा रजौटाका छोरी ल्याउने र आफ्नो छोरी उतै दिने र त्यो दिँदा गौरव मान्ने स्थिति थियो । अर्कोतिर, मधेश सीमा क्षेत्रमा भएका कारणले साँस्कृतिक निकटताका कारण पनि बिहेबारी हुने गरेको छ । यी विषयसँग जोडेर विशेष रुपमा रोटीबेटीको कुरा उठ्ने गरेको हो । तर यो आमरुपमा प्रयोग गरिरहनु पर्ने विषय हो भन्ने मलाई लाग्दैन । मेरो विचारमा खास रुपमा र खास ठाउँमा, खास शासकहरुले प्रयोग गरेको सन्दर्भ हो त्यो । राजनीतिक भाषामा भन्दा हामी मित्र हौं । एक अर्कामा राम्रो सम्बन्ध कायम राख्नुपर्छ ।

स्वतन्त्र भारतको इतिहासमा नेपाल–भारत सम्बन्ध यतिखेर इतिहासकै निकै अप्ठ्यारो मोडमा उभिएको छ, खासगरि नक्सा र सीमा विवादको प्रकरणपछि । यी घटनाक्रमहरुलाई कसरी हेर्नुभएको छ ?

–ऐतिहासिक सन्दर्भहरुमा हेर्दा अहिले सबभन्दा जटिल मोड होइन । दुई देशका बीचमा थुप्रै जटिल क्षणहरु पार गरिसकेका छौं । यो पनि हामी पार गर्छौं । .यो नक्सा र सीमाको विवाद वार्ताबाट नै हल हुन्छ । भारतमा पनि यसबारेमा स्वतन्त्र छलफल भइरहेका छन् । सरकारीस्तरमा पनि छलफलहरु चलेका छन् । सरकारका मन्त्रीहरुले नै वार्ताबाट यसको समाधान गर्छौं भनिसकेका छन् । त्यसैले यसमा धेरै आशंका पाल्नुपर्ने आवश्यकता छैन ।

एउटै प्रकृतिका विवादमा भारतले चीनलाई महत्व दिएर वार्ता गरिरहेको छ, नेपाललाई महत्व नदिएको जस्तो देखिन्छ  । यस्तो किन ?

–भारतले यो विवादलाई हल गर्ने कुरालाई प्राथमिकतामा नराखेको देखिन्छ । तर किन राखेन, त्यो कुरा त भारतले नै भन्ने कुरा हो । भारतले बेवास्ता नै गरेको हो भन्नचाहिँ सकिदैन । किनभने त्यहाँका मन्त्रीहरुले नै भनिरहेका छन् कि वार्ताका माध्यमबाट यसको समाधान गर्छौँ । तर नेपाललाई प्राथमिकतामा किन राखिएन, त्यो त उनीहरुलाई नै थाहा होला । विवादको गम्भीरताका आधारमा पनि उनीहरुले प्राथमिकता तोकेका होलान् ।

नेपाल कोरोना महामारीसँगै अमेरिका, चीन र भारतको त्रिकोणात्मक रणनीतिक संघर्षको केन्द्र बन्दै गइरहेको देखिन्छ नि, होइन ?

–नेपाल जहिले पनि भारत, चीन र पश्चिमाहरुको प्रभावको परिधिभित्र जाने खतरामा रहेकै हुन्छ । यो आजमात्र होइन, पहिलेदेखि हो । तर अहिले बढी मुखर भएर आइरहेको छ । चीन आर्थिक शक्तिको रुपमा उदाएको पृष्ठभूमिमा त्यससँग अमेरिकाले प्रतिस्पर्धा गर्ने कुरा पनि होला । भारतको पनि आफ्नो सुरक्षा चासोहरु होलान् । नेपालमा यो तीन थरीकोे तानातान भइरहेको हो कि भनी सबैले अनुभूति गर्न थालेको स्थिति छ ।


नेपाल जहिले पनि भारत, चीन र पश्चिमाहरुको प्रभावको परिधिभित्र जाने खतरामा रहेकै हुन्छ । यो आजमात्र होइन, पहिलेदेखि हो । तर अहिले बढी मुखर भएर आइरहेको छ । चीन आर्थिक शक्तिको रुपमा उदाएको पृष्ठभूमिमा त्यससँग अमेरिकाले प्रतिस्पर्धा गर्ने कुरा पनि होला । भारतको पनि आफ्नो सुरक्षा चासोहरु होलान् । नेपालमा यो तीन थरीकोे तानातान भइरहेको हो कि भनी सबैले अनुभूति गर्न थालेको स्थिति छ ।


तर नेपालले तीनैथरीका शक्तिहरुसँग मित्रतापूर्ण व्यवहार गर्ने र सन्तुलित व्यवहार गर्ने प्रयास गर्नैपर्छ । सरकारले एकपक्षतिर झुकेर व्यवहार गर्नुहुँदैन । असंलग्न परराष्ट्र नीति तथा पञ्चशीलको सिद्धान्तको आधारमा सबैसँग मैत्रीपूर्ण व्यवहार गर्नुपर्छ । यतिखेर अलिकति बढी नै संवेदनशिल परस्थिति बनेको छ, यो कुरा चाहिँ पक्कै हो ।

एमसीसीको विवादबारे तपाईको पार्टीले खासै बोलेको छैन ।  यसको बारेमा तपाईको पार्टीको धारणा के छ ?

–एमसीसीको बारेमा अहिले हामीले आधिकारिक धारणा बनाएका छैनौं । तर अध्ययन गरेर हेर्दा केही पक्षहरु सुधारेर त्यसलाई कार्यान्वयन गर्नु उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ । यसमा पर्याप्त बहसहरु भएकै छन् । तर पहिले छलफल अनि सम्झौता हुनु पर्नेमा उल्टो भएको छ । हाम्रो परराष्ट्र नीति तथा हाम्रो सर्वभौमसत्तालाई प्रभावित नपार्ने गरी अथवा त्यसलाई नखुम्च्याउने गरी कतिपय प्रावधानहरुलाई सुधार गरेर कार्यान्वयनमा जाने वातावरण बनाउनु आवश्यक हुन्छ ।


एमसीसीको बारेमा अहिले हामीले आधिकारिक धारणा बनाएका छैनौं । तर अध्ययन गरेर हेर्दा केही पक्षहरु सुधारेर त्यसलाई कार्यान्वयन गर्नु उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ । यसमा पर्याप्त बहसहरु भएकै छन् । तर पहिले छलफल अनि सम्झौता हुनु पर्नेमा उल्टो भएको छ ।


प्रसंग बदलौं, तपाई अहिलेसम्म एमालेमा अडिइरहनुभएको भए राष्ट्रपति हुनुहुन्थ्यो या प्रधानमन्त्री बन्नुहुन्थ्यो भन्नेसम्मको कुरा मान्छेले उठाउन थालेका छन् । मैले बेकारमा पार्टी छाडेजस्तो पश्चाताप तपाईलाई हुँदैन ?

–(ठूलो हाँसो) यो धेरै पुरानो प्रश्न हो र यो कुरा पुरानो पनि भइसकेको छ । यो हाँस्यास्पद प्रश्न पनि हो । यस्तो खालको कुरा दुईखाले मान्छेले गर्दछन् । ममाथि साँच्चै स्नेह राख्नेहरु जो निर्वोध र राजनीतिको चुरो कुरो नबुझेकाहरु र मलाई मुर्ख प्रमाणित गर्न चाहनेहरुले यस्तो कुरा गर्छन् । यी कुराहरुले जनतामा पनि भ्रम छर्ने काम गरेको छ । त्यो म हेरिरहेको छु ।

अशोक राईले बडो राम्रोसँग सोच विचार गरेर यो कदम चालेको हो । ‘दश चोटी नाप्ने एकचोटी काट्ने’ एउटा चिनियाँ उखान छ । मैले दशचोटी नापेर एकचोटी काटेको छु । मैले विल्कुल सही कदम चालेको हुँ भन्ने कुरा जनता समाजवादी पार्टीसम्म आइपुग्दा प्रमाणित नै भइसकेको छ ।

आफूले लिएका निर्णय र चालेका कदमबाट म सन्तुष्टमात्र होइन, अति सन्तुष्ट छु । ममा पश्चातापको ‘प’ पनि छैन । आफूलाई केन्द्रविन्दुमा राखेर आफ्नो हितको निम्ति, आफ्नो स्वार्थको निम्ति, पद र प्रतिष्ठाका निम्ति, अवसरका निम्ति काम गर्नुभएको छ भने र त्यो कुनै हिसाबले प्राप्त भएन भने त्यसमा पश्चाताप हुन्छ । तर मैले त नेपाली जनताको निम्ति राजनीति गरेको हुँ । नेपाली जनतालाई गरिबी, वर्गीय शोषण एवं जातीय उत्पीडन, साँस्कृतिक विभेदबाट मुक्त गर्ने, समानताको हक दिलाउने तथा उत्पीडित जनताको सेवा गर्ने भनेर राजनीति थालेको थिएँ । मेरो राजनीति त्यो प्रयोजनका निम्ति भएको हुनाले म त्यो बाटोमा खुशी साथ लागिराख्या छु ।


अशोक राईले बडो राम्रोसँग सोच विचार गरेर यो कदम चालेको हो । ‘दश चोटी नाप्ने एकचोटी काट्ने’ एउटा चिनियाँ उखान छ । मैले दशचोटी नापेर एकचोटी काटेको छु । मैले विल्कुल सही कदम चालेको हुँ भन्ने कुरा जनता समाजवादी पार्टीसम्म आइपुग्दा प्रमाणित नै भइसकेको छ ।


सम्पूर्ण नेपाली जनता समान छन् । उनीहरुको भाषा, उनीहरुको सँस्कृतिलाई समान हक हुनुपर्दछ । उनीहरुलाई समान सहभागिताको अवसर हुनुपर्दछ । सामाजिक न्याय प्राप्त हुनुपर्दछ । अनिमात्र राष्ट्रिय एकता सुदृढ हुन्छ । मधेश, हिमाल र पहाड एक जुट हुन्छ । त्यसले राज्य बलियो हुन्छ र बलियो राज्यले मात्रै शान्ति, सुव्यवस्था, सुख समृद्धि, विकास दिनसक्छ । यसमा मेरो स्पष्ट धारणा छ ।

मधेश केन्द्रीत दलसँग एकीकरण गर्दा तपाईलाई फाइदाभन्दा राजनीतिक क्षति बढी भएको देखिएको छ, आफू त चुनावमा हार्नु नै भयो, आफ्ना नेता तथा कार्यकर्तालाई पनि बचाउन सक्नु भएन, होइन र ?

–फेरि तपाईले त्यही कुरा दोहोर्याउनु भयो । तपाईको प्रश्न व्यक्ति केन्द्रित भयो । म व्यक्तिलाई केन्द्रमा राखेर सोच्दै सोच्दिनँ । हेर्नुपर्ने कुरा के हो भने मैले अंगिकार गरेको विचार, मैले अगाडि सारेको सिद्धान्त, मैले प्रतिनिधित्व गर्न खोजेको मुद्दाहरु कमजोर भए कि बलिया भए । ती अगाडि बढे या ओझेलमा परे– त्यो चिजलाई हेर्ने हो । एउटा भनाइ छ, ‘आफ्नो उद्देश्यमाथि सम्झौता नगर तर आफ्नो उद्देश्यका लागि सम्झौता गर ।’ म त उद्देश्यका निम्ति राजनीति गरिरहेको छु । चाहे म चुनाव जितुँ, वा हारुँ, कुनै पदमा बसुँ वा नबसुँ – यो दार्शनिक प्रश्न हो । म कुनै पदमा पुगेँ, ठूलो ओहदामा पुगेँ, तर नेपाली जनताको समस्या हल भएन, विभेद, गरिबी तथा भ्रष्टाचार कायमै रह्यो भने त्यसको उपयोगिता के रह्यो त ? पदमा बस्नुको प्रयोजन के हो ? प्रयोजनहीन ढंगले पदको दावी गर्ने, अवसरको लागि लड्ने, कुर्सीको खेल खेल्ने कारणले नै देश यो अवस्थामा पुगेको छ । अशोक राई त्यो गर्न चाहदैन । त्यसैले म जहाँसुकै रहुँ, मैले वकालत गरेको मुद्दा, मैले सामुन्नेमा राखेका जनताहरु (लक्षित समूह) ले मुक्ति पाउनै पर्छ । म असफल भएमा अशोक राई एउटा व्यक्ति असफल हुन्छ, तर अशोक राई सफल भयो भने यो मुलुक सफल हुन्छ, नेपाली सफल हुन्छन् । त्यसो भएर मैले किन हिम्मत नगर्ने ? मैले किन आँट नगर्ने ? मैले किन अगाडि नबढ्ने ? त्यो निष्कर्षका आधारमा, त्यो दार्शनिक सोचका आधारमा म राजनीतिमा आगाडि आएको हुँ । कुनै पद पायो कि पाएन, चुनाव जित्यो कि जितेन भन्ने कुरासँग मेरो विशेष चासो हुँदैन ।


म कुनै पदमा पुगेँ, ठूलो ओहदामा पुगेँ, तर नेपाली जनताको समस्या हल भएन, विभेद, गरिबी तथा भ्रष्टाचार कायमै रह्यो भने त्यसको उपयोगिता के रह्यो त ? पदमा बस्नुको प्रयोजन के हो ? प्रयोजनहीन ढंगले पदको दावी गर्ने, अवसरको लागि लड्ने, कुर्सीको खेल खेल्ने कारणले नै देश यो अवस्थामा पुगेको छ । अशोक राई त्यो गर्न चाहदैन । त्यसैले म जहाँसुकै रहुँ, मैले वकालत गरेको मुद्दा, मैले सामुन्नेमा राखेका जनताहरु (लक्षित समूह) ले मुक्ति पाउनै पर्छ । म असफल भएमा अशोक राई एउटा व्यक्ति असफल हुन्छ, तर अशोक राई सफल भयो भने यो मुलुक सफल हुन्छ, नेपाली सफल हुन्छन् ।


यही देशमा जन्मेका गणेशमान सिंहले आफूले पाएको प्रधानमन्त्री पद कृष्णप्रसाद भट्टराई दिनुभएको थियो । यही देशमा कृष्णप्रसाद भट्टराई अनेकौं पटक चुनाव हारेर पनि नेता बनिरहनु भयो, राजनीति गरिरहनु भयो । चुनाव हार्नु र जित्नुले एउटा मान्छे नेता हुन्छ कि हुँदैन, राजनीति गर्छ कि गर्दैन भन्ने मूल्यांकन गर्न मिल्दैन । त्यसैले यस्ता कुराहरु सानो सोच राख्नेहरुले भन्ने कुरा हुन् । म त्योभन्दा फरक ढंगबाट अगाडि बढ्न चाहन्छु ।

तपाईले पछिल्लो समय जुन प्रकृतिका पार्टी, जुन विचार प्रवृत्तिका नेताहरुसँग एकीकरण गर्नुभयो, त्यस आधारमा के तपाई आफूलाई  विचार, सिद्धान्त र दर्शनको आधारमा सफल हुन्छु भन्ने लाग्छ ?

–हेर्नुस्, राजनीतिमा जोखिम हुन्छ । मैले एमाले छोड्दा पनि जोखिमनै लिएको थिएँ । जस्तो अवस्थामा एमाले परित्याग गरियो, यो स्थिति नहुन पनि सक्थ्यो । जनता समाजवादी पार्टी नबन्ने ठाउँसम्म पनि पुग्न सक्थ्यो नि, तर पुग्यो । सम्भावनाहरु धेरै छन् । सम्भावनाहरु छन् भने चुनौतीहरु पनि छन् । तर हाम्रो प्रयत्न के हुन्छ भने सम्भावनाहरुलाई सार्थक बनाउँ । चुनौतीहरुलाई सामना गर्नका लागि हिम्मत गर्नैपर्छ । अहिलेसम्म जे भएको छ, सकारात्मक भएको छ र आउने दिन पनि सकारात्मक नै हुन्छ भनी विश्वास गर्न सकिन्छ ।

Author:

क्याटोगरी छान्‍नुहोस