सडक पेटीमा बाँचेकी कोशिलालाई जीवन धान्न गाह्रो

राजेश विद्रोही
लहान । विगत २० वर्षदेखि सिरहाको लहान प्रहरी चौकी छेउँको कठघरामा चिया बेचेर जीवन धान्दैआएकी लहान नगरपालिका वडा नम्वर २, कि ६५ वर्षीया कोशीलादेवी गुप्तालाई लहानका चर्चित मसजोडीले राहत वितरण गरेर सहयोग गरेका छन् ।

उनीहरुले २५ केजी चामल, १ केजी दाल, आलु, नुन र तेल हस्तान्तरण गरेका छन्, भने लहानकै एक अर्का युवा रन्जित रायले समेत एक हजार रुपैयाँ सहयोग गरेका छन् । लामो लकडाउन खुलेपनि सर्वधारणको यतिबेला कोशीलादेवीलाई भोक टार्न निकै समस्या परेको थियो ।
यस्तो छ कोशीलाको पीडा
प्रहरी चौकीमा मान्छेको चहलपहल हुँदा चिया बेचेर उनले दिनमा दुई तीनसय रुपैया कमाउने गर्थिन् । जीवन सहजै चल्थ्यो । लकडाउन लागेपछि प्रहरी चौकीमा मान्छेको चहलपहल घटेको छ । मान्छेहरु आएपनि कोरोना सर्ने डरले चिया खान कठघरातिर पस्दैन । व्यापार थप छ । कहिलेकाही पचास सय रुपैयाँ हुन्छ । त्यही पैसाले दाल चामल किनेर छाक टार्छिन् । जुनदिन दाल चामल किन्ने पैसा पुग्दैन त्यो दिन फुक्का चुरा त कहिले बिस्कुट, चाउचाउ खाएर रात बिताउँदै आएकी छन् ।

Madhesh live News
लहानकी पीडित महिला कोशिला देवी गुप्ता

भनिन्छ प्रकृतिले पनि दुखीयालाई नै दुःख दिँदोरहेछ । श्रीमान बेचन गुप्ता बिरामी परेको धेरै भएको थियो । आर्थिक अभावले राम्रो ठाउँमा उपचार गर्न सकेनन् । चैत ११ गते देशमा लकडाउन लाग्यो, १२ गते श्रीमानको मृत्यु भयो । दागबत्ती पनि उनले आफै दिईन् । लकडाउनमा काजकिरिया त भयो । तर, उनी भन्छिन् ‘भोजभतेर गर्न भ्याईन । कसरी गर्नु ? किनभने सन्तानको नाममा दुई छोरी छन् ।
जेठी छोरी आशालाई विवाह गरेर सप्तरीको पातोमा पठाए । ती छोरी ज्वाईं दिल्लीमा बसेर मजदुरी गर्छन् । बुबाको अन्तिम मुख पनि हेर्न सकेन । न त बुबाले नै छोरीहरुको मुख हेर्न सके । कान्छी छोरी रेखालाई विवाह गरेर सिरहाकै बथनाहामा पठाएँ । दुबै छोरीको आर्थिक अबस्था पनि कमजोर नै छन् । लकडाउनमा कान्छी छोरीको घरमा तीन महिना बसेँ । छोरीले आउन दिन मानेको थिएन । छोरीको घरमा बसेर कति खानु ? अप्ठ्यारो लागेर उनी फेरि त्यही लहानको कठघरामा आईपुगिन् । रामनारायणको घरमा कोठा भाडामा बसेको धेरै भईसकेको छ ।

वृद्धा भत्ता पनि पाउँदैनन् । यसअघिसम्म कसैले कुनै राहत पनि दिएको छैन् । २० वर्ष अघि १० हजारमा श्रीमान्ले कठघरा किनेको थियो । त्यही कठघरामा अहिलेसम्म जीवन चलेको छ । सम्पत्तिको नाममा त्यही टुटफुट भएको एउटा कठघरा श्रीमान्ले जोडिदिएको छ । त्यही एउटा कठघराको आश छ । कहिलेकाही छिमेकी प्रहरीले कठघरा वरिपरि सार्न लगाउँछन् । दुःख लाग्छ । श्रीमानलाई संसारले चिन्थ्यो । थुप्रैले सहयोग गर्थे । जसोतसो जीवन चलेकै थियो । म त अब एउटा बेसहारा बुढी महिला परे । श्रीमतीको अगाडि श्रीमानको मृत्यु हुँदाको पीडा बेग्लै हुँदोरहेछ । गाउँघरमा मान्छेले भन्थे । अहिले आफै भोग्नुपर्दाको वियोगान्त अवस्था कसलाई सुनाउनु ? उनी रुँदै थपिन् ।

Author:



क्याटोगरी छान्‍नुहोस