विश्वभर एकै दिन ४ लाखबढी संक्रमित थपिए, संक्रमितको संख्या ४ करोड १९ लाख नाघ्यो

जनकपुरधाम । विश्वमा पछिल्लो २४ घण्टामा ४ लाख ७७ हजार ७५१ जनामा कोरोना संक्रमित थपिएका छन् ।

यससँगै विश्वमा संक्रमित संख्या ४ करोड १९ लाख ७४ हजार १ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा २ लाख ७३ हजार ७२ जना निको भएर घर फर्किएका छन् ।

योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड ११ लाख ८१ हजार ८०१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ हजार ४६४ जनाको मृत्यु भएको छ । विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख ४२ हजार १६१ पुगेको छ । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ८६ लाख ६१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७७ लाख ५९ हजार नाघेको छ । ब्राजिलमा संक्रमित संख्या ५३ लाख ३२ पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

Author:



क्याटोगरी छान्‍नुहोस