सप्तरीमा बलात्कार आरोपितलाई १८ वर्ष कैद

राजविराज, १४ फागुन । सप्तरीमा बालिका बलात्कार गर्ने आरोपित युवकलाई १८ वर्ष कैद र १० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ । सप्तरी जिल्ला अदालतले शुक्रवार राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निरालेमाथि सो फैसला गरेको हो ।

अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलाशले सो फैसला भएको छ । २०७६ भदौ १२ गते साँझ पैदल घरतर्फ गइरहेकी बालिकालाई सामान्य चिनजानका आरोपितले आसमानले नशालु पदार्थ मिसाइएको फ्रुटी खान लगाएर बेहोस बनाएको र सोपछि वडा नम्वर–४ स्थित कल्टु दासको पोखरी किनारमा लगेर बलात्कार गरेको पिडितको भनाई छ ।

बलात्कारपछि आरोपितले राति १२ बजेतिर घर नजिकै ल्याएर अर्धचेत अवस्थामा छाडेपछि बालिकाकी आमाले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पुगेर १३ गते जाहेरी दिएकी थिइन् । सोही दिन पक्राउ परेका आसमानलाई दुई महिनापछि असोज ५ गते अदालतबाट भएको आदेशले कारागार चलान गरिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस