प्रदेश एक सहितका स्थानमा भारी वर्षाको सम्भावना

जनकपुरधाम । मुलुकभर मनसुनी वायु पुनः सक्रिय भएसँगै देशका अधिकांश भू–भागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाका अनुसार देशका अधिकांश भू–भागमा आज सामान्यदेखि पूर्ण बदली रही आज दिउँसो प्रदेश नं १, वाग्मती प्रदेश, र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति भने देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । अबको तीन दिनसम्म नै देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस