जसपा केन्द्रीय समितिको बैठक आज पनि, सरकारमा सहभागिताबारे निर्णय हुने

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय समिति बैठक दोस्रो दिन आज पनि सुरु भएको छ । आजको बैठकमा चारवटा विषयमा छलफल हुने जसपाले जनाएको छ ।

जारी बैठकमा पार्टी संगठनात्मक सुदृढीकरण र जनजागरणका लागि चार महिने अभियानका विषयमा प्रस्ताव गरिएको छ । मंगलबारको बैठकमा अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक अवस्थाका विषयमा प्रतिवेदन पेश गरेका छन् ।

यस्तै बैठकमा प्रदेश पहिचानमा आधारित राष्ट्रिय समितिहरु र विशेष प्रदेश तथा जनवर्गीय भ्रात संगठनहरुको इन्चार्ज प्रतिनिधिहरुबाट विचार व्यक्त भएको छ ।

आजको बैठकमा पार्टी सङ्गठन सुदृढीकरण तथा जनजागरण अभियान र अभिमुखीकरणसम्बन्धी कार्यक्रमको परिचालन, समन्वय, अनुगमन, मूल्याङ्कन, निरीक्षण, अवलोकन, अभिलेखीकरण र सरकारमा सम्मानजनक सहभागिताबारे निर्णय हुनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस