अन्ततःफुट्यो जसपा, ठाकुर पक्षको नयाँ पार्टी ‘जनता समाजवादी पार्टी लोकतान्त्रिक’

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा फुटेको छ । जसपाको आधिकारिकता नपाएपछि दलविहीन बनेका महन्थ ठाकुरले नयाँ दल दर्ता गर्नका लागि निवदेन दिएका छन् ।

महन्थ ठाकुर पक्षले जनता समाजवादी पार्टी लोकतान्त्रिक नाममा नयाँ दल निर्वाचन आयोगमा दर्ता गर्न निवेदन दिएका हुन् । ठाकुरसहित २५ सदस्यीय कार्यकारिणी समिति प्रस्ताव गरिएको छ, जसमध्ये रेशम चौधरीसहित १५ जना सांसद छन् ।

उनीहरुले नयाँ दलको चुनाव चिह्नमा साइकल प्रस्ताव गरेका छन् । नयाँ दलको अध्यक्षमा महन्थ ठाकुर रहनेर राजेन्द्र महतो वरिष्ठ नेता रहने बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस