रेल्वे कम्पनीको महाप्रबन्धकमा सप्तरीका झा नियुक्त

राजविराज । नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा सप्तरीका निरञ्जन झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले झालाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका महाप्रबन्धक गुरु भट्टराईलाई देउवा सरकारले स्पष्टीकरण सोधेको थियो ।

भट्टराईले स्पष्टीकरण नदिई राजीनामा दिएसँगै झालाई महाप्रबन्धक नियुक्त गरिएको हो । झा युवा संघका उपाध्यक्ष समेत हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस