इनर्वामा जमेको पानीमा डुबेर वालिकाको मृत्यु

राजविराज, ९ भदौ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वामा बुधवार एक वालिकाको जमेको पानीमा डुबेर मृत्यु भएको छ ।

स्थानीय रामखलन खंगका अढाइ वर्षकी छोरी अंजलीकुमार मण्डलको जमेको पानीमा डुबेर मृत्यु भएको हो ।

आफ्नै घरदेखि उत्तरतर्फ २ सय मिटरको दुरीमा रहेको खाली जग्गामा जमेको पानीमा डुबेर बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780