कटुवा पेस्तोल र गोलीसहित एक युवक पक्राउ

रौतहट । राैतहटमा कटुवा पेस्तोल र गोलीसहित एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका २ भलुईया बस्ने २४ वर्षीय संजय साह सोनार छन् ।

उनको साथबाट १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ थान गोली सहित बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस