सप्तरी उद्योग बाणिज्य संघको मतदान सकियो, साँझ ८ बजदेखि मतगणना गर्ने

राजविराज, ४ मंसिर । सप्तरी उद्योग बाणिज्य संघ राजविराजमा नयाँ नेतृत्व चयनको लागि आज विहान १० बजेदेखि सुरु भएको मतदान सकिएको छ । अध्यक्षसहित १४ पद चयन गर्न मतदान भएको हो ।

राजविराजस्थित केअ माविको प्राङ्गणमा साँझ ४ बजेसम्म मतदान भएको प्रमुख निर्वाचन आयुक्त अधिवक्ता राम कुमार यादवले जानकारी दिए । उनका अनुसार कुल १ हजार ३२२ मतदाता रहेको संघमा १ हजार १६१ जनाले मत खसालेका छन् ।

मतदान सकिएसँगै निर्वाचन समितिले मतगणनाको तयारी थालेको छ । साँझ ८ बजेदेखि गणना सुरु गर्ने गरी तयारी थालिएको प्रमुख निर्वाचन आयुक्त अधिवक्ता यादवले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस