‘मगही भाषीले मैथिलीलाई लोप गर्न षड्यन्त्र गरिरहेको छ’

राजविराज, ५ मंसिर । राष्ट्रिय जनगणनामा खटिएका कर्मचारीले गलत तथ्यांक संकलन गरेको कार्य प्रति सङ्गोर मिथिला नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

सङ्गोर मिथिला नेपालले आज विज्ञप्ति जारी गर्दै नेपालभर भइरहेको जनगणना २०७८ मा केही सुपरिवेक्षक तथा गणकहरूले मैथिली भाषालाई अन्य भाषा उल्लेख गरी झुठा तथ्यांक संकलन गर्ने गरेका कर्मचारीउपर कारवाहीमा भएपछि ध्यानाकर्षण भएको जनाएको छ ।

‘नेपालमा दोस्रो ठुलो बोलिने भाषा मैथिली रहेको कुरा सर्वविदितै रहेको छ’ विज्ञप्तिमा भनिएको छ– ‘गणकले भाषा सम्बन्धित प्रश्न नगर्ने, सुपरिवेक्षक तथा व्यक्तिगत भ्रमका कारण ठेंठी मैथिली भाषीलाई अरू भाषा लेखि रहेको खबरहरू प्रमाण सहित भेटीएको छ ।’

विहारको मगध क्षेत्रमा बोलिदै आएको मगही भाषा तराई मधेशमा स्थानिय भाषालाई आफ्नो भनि भ्रम छर्ने कार्य दुःखद तथा अवैज्ञानिक रहेको विज्ञप्तिमा उल्लेख छ । मैथिलीको विशुद्ध बोली ठेठी तथा देहातीलाई मगही भनि कथित मगही भाषीले मैथिलीलाई लोप पार्न विभिन्न षड्यन्त्रहरू प्रति सम्पूर्ण मैथिली भाषी जनता, मैथिलीकर्मी, कलाकार, संचारमाध्यम, लेखक, बौद्धिक वर्ग, सामाजिक संस्था, कानून व्यवसायी, पत्रकार, विद्यार्थीसमेतलाई सही तथ्यांक संकलन गराउने कार्यमा सहयोग गर्न नेपालले आग्रह गरेको छ ।

सो घटनालाई सङ्गोर मिथिला नेपालले घोर विरोध गर्दै यस्ता कार्यको विरुद्धमा सम्पूर्ण संस्थाहरुलाई एकजुट भई विरोध गर्न विज्ञप्तिमा आह्वान समेत गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस