काँग्रेस थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी विजयी

जनकपुर, २ पुस। नेपाली काँग्रेसको थारूतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित भएका छन् ।

मतपरिणामअनुसार तेजुलाल चौधरीलाई पराजित गरी उमाकान्त सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । तेजुलाल शेखर कोइराला पक्षका हुन् भने उमाकान्त शेरबहादुर देउवा पक्षका हुन् ।

उमाकान्तले २ हजार ५५६ मत प्राप्त गरेका छन् भने तेजुलालले १ हजार ८७७ मत प्राप्त गरेका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस