कांग्रेसको प्रदेश २ सभापतिमा संस्थापन पक्षका कृष्ण यादव निर्वाचित

जनकपुरधाम, ९ पुस। नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा कृष्ण यादव निर्वाचित भएका छन् । शुक्रवार विहान सार्वजनिक भएको मत परिणामअनुसार संस्थापन पक्षका यादवले १४१ मतान्तरले प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।

यादवले कुल ९९६ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी रामसरोज यादवले ८५५ मत पाएका हुन् । सभापतिमा निर्वाचित यादव रौतहटका जिल्ला सभापति हुन् । विमलेन्द्र निधी र शेखर कोइरालाको समर्थन पाएका रामसरोज भने कांग्रेस प्रदेश २ संसदीय दलका नेता एवम् प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री हुन् ।

कुल १ हजार ९३८ मतदातामध्ये १ हजार ८८१ मत खसेको थियो । जसमा ३० मत बदर भएको छ । आन्तरिक विवादका कारण रोकिएको कांग्रेस प्रदेश २ को अधिवेशन अन्तर्गत विहिवार मात्रै मतदान भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस