‘येसु ख्रिष्टले दिएको योगदानले सबैमा विभेद विरुद्ध लड्ने प्रेरणा प्रदान गरोस्’

जनकपुरधाम, १० पुस । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले येसु ख्रिष्टको जन्मोत्सव अर्थात ‘क्रिसमस डे’को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

शनिवार शुभकामना संदेश जारी गर्दै मुख्यमन्त्री राउतले येसु ख्रिष्टले दिएको योगदानले समाजमा व्याप्त अन्याय, अत्याचार र विभेद विरुद्ध लड्ने प्रेरणा समस्त देशवासीले ग्रहण गरुन भने अपेक्षा व्यक्त गरेका हुन् ।

‘सर्वसाधारणलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउन येसु ख्रिष्टले दिएको योगदानले समाजमा व्याप्त अन्याय, अत्याचार र विभेद विरुद्ध लड्ने प्रेरणा समस्त देशवासीले ग्रहण गरुन भने अपेक्षा लिएका छौं ।’ शुभकामना संदेशमा भनिएको छ,–‘येसु ख्रिष्टको जन्मोत्सव अर्थात ‘क्रिसमस डे’ले सबैमा भाइचारा एवम् सौहार्दताको सन्देश प्रदान गरुन भन्ने कामना गर्दछौं ।’

संदेशमा कोरोना महामारीको जोखिम कायमै रहेको भन्दै स्वास्थ्य सतर्कता अपनाएर क्रिसमस डे मनाउन मुख्यमन्त्री राउतले इसाई धर्मावलम्बीहरुमा अपिल समेत गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस