धनुषामा प्रदर्शनकारीमाथि गोली चलाइयो, छ जना घाइते

जनकपुरधाम, १८ पुस। धनुषाको पोर्ताहामा आइतवार प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको छ । गोली लागेर पाँच प्रदर्शनकारीसहित छ जना घाइते भएका छन् ।

किसानको समस्या उठाउँदै जनमत पार्टी आन्दोलित छन् । आन्दोलकै क्रममा किसान तथा पार्टीका नेता/कार्यकर्ताले राजमार्ग घेराउ गरेका थिए ।

सोही क्रममा प्रहरीले चलाएको गोली लागेर उनीहरु घाइते भएका छन् । प्रारम्भिक जानकारी अनुसार रामयाल मुखिया, नथुनी यादव, विजय यादव, वैजनाथ यादव र संजय साह गोली लागेर घाइते भएका छन् ।

घाइतेमध्ये दुई जना गम्भिर छन् भने उनीहरुलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ ।

यता, धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जनमत पार्टीका कार्यकताहरुले सडक अवरुद्ध वनाएपछि प्रहरीले सडक खुलाउन प्रयास थालेका थिए । ‘प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि रबरको गोली र आश्रु ग्यास फायर गरिएको छ’ उनले भने–‘ढुंगामुढा लागेर प्रहरीको तर्फबाट ७ जना घाइते छन् भने ३÷४ जना जनमत पार्टीका कार्यकता समान्य घाइते भएका छन् ।’
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस