नेपाली कांग्रेसद्वारा १६ जिल्लाको अधिवेशनको मिति परिमार्जन

जनकपुरधाम, २१ पुस । नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशनको मिति परिमार्जन गरेको छ । यसअघि निर्धारित अधिवेशन आगामी माघ १५ गतेका लागि तय गरिएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी जिल्ला अधिवेशनको मिति सारेको हो । समितिको आज बसेको बैठकले कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका जिल्लाको अधिवेशन माघ १५ गते निर्धारण गरेको समिति सचिव केशव रिजालले जानकारी दिएका छन् ।

कांग्रेसले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवरपुरमा पार्टीको जिल्ला अधिवेशन गर्न बाँकी रहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस