‘पीएम कप’ प्रदेशस्तरीय क्रिकेटमा बाराको जित

राजविराज, २१ पुस । सप्तरीको राजविराजमा सञ्चालित प्रधानमन्त्री कप सिनियर पुरुष प्रदेशस्तरीय एक दिवसीय क्रिकेट अन्तर्गत प्रदेश छनोट प्रतियोगितामा बाराले जित हात पारेको छ । आज (बुधवार) भएको फाइनल खेलमा बाराले धनुषालाई ३४ रनले पराजित गरेको छ ।

टस जितेर व्याटिङ गर्दै बाराले १२५ रनको योगफल खडा गरे । जसमा तिर्थ राज दासले २३ रन, साहिल पटेलले १६, जितेन्द्र यादवले १७, रबी साहले १४, आशुतोष पटेल र निखिल सिंहले १०÷१० रन बनाए ।

बलिङतर्फ धनुषाका आकाश रायले ३ विकेट, विकास सुशलिंग र रूपेश यादवले २÷२ विकेट हात पारे । जवाफमा धनुषाले २२ ओभर ५ बलमा सबै बिकेट गुमाउँदै ९१ रनमै सिमित रहे । जसमा अकबर अलीले अविजित ३८ रन, परशुराम यादवले ११ रन बनाए ।

बलिङतर्फ बाराका समीर नेपालले उत्कृष्ट बलिङ गर्दै ४ विकेट, आशुतोष पटेल, जितेन्द्र यादव र कुमार थापा २÷२ विकेट हात पारे । फाईनल खेलमा म्यान अफ दि म्याच समीर नेपाल घोषित भएको सप्तरी क्रिकेट संघका सचिव चन्दन कुमार यादवले जानकारी दिए ।

खेलपछि आयोजना गरिएको समारोहकाबीच प्रमुख अतिथि नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष रोशन सिंह, प्रदेश २ क्रिकेट संघका अध्यक्ष हिरा भगत, उपाध्यक्ष सुनिल महासेठ लगायतले मेडल र प्रमाणपत्र प्रदान गरे । सो समारोहको सञ्चालन भने सप्तरी क्रिकेट संघका सचिव यादवले गरेका थिए ।

तस्बिरः चन्दन यादव ।

Author:



क्याटोगरी छान्‍नुहोस