तेरो–मेरो पार्टी नभनी कोरोना नियन्त्रण गर्न हामी सबै एक हुनुपर्छः प्रधानमन्त्री देउवा

काठमाडौं, १ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् ।

नेकपा (एमाले)ले शनिबार बिहान कोरोना नियन्त्रणको विषयमा ज्ञापन पत्र बुझाएपछि प्रधानमन्त्री देउवाले सबै मिलेर कोरोना नियन्त्रण गर्नुपर्ने बताएका हुन् ।

‘प्रधानमन्त्रीदेउवाले भने, कोरोना नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ । सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ ।’

प्रधानमन्त्री देउवाले अहिले देखिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन धेरै संक्रामक भएकाले सावधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस