प्रदेश २ को स्थायी राजधानी ‘जनकपुरधाम’, नाम ‘मधेश प्रदेश’

जनकपुरधाम, ३ माघ । प्रदेशसभामा सोमबार भएको मतदातबाट प्रदेश २ ले नयाँ नाम र स्थायी राजधानी पाएको छ । मतदानबाट प्रदेशको नाम ‘मधेश प्रदेश’ र स्थायी राजधानी जनकपुरधाम कायम गर्ने प्रस्ताव पारित भएको हो ।

प्रदेशसभामा पहिलो बैठकमा स्थायी राजधानी जनकपुरधाम राख्ने प्रस्तावमाथि मतदान भएको थियो । धनुषा जिल्लाको उत्तरमा ढल्केवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा भित्रको सम्पूर्ण भूभागलाई राजधानी प्रस्तावित गरिएको थियो ।

सो प्रस्तावमाथि मतदान हुँदा १०४ कुल सदस्यमध्ये ९९ जना मतदानले गर्दा जनकपुरधाम राजधानीको पक्षमा ७८ जनाले मत खसालेका थिए । त्यस्तै, सोमबारकै दोस्रो बैठकमा प्रदेशको नाममाथि मतदान भएको हो । प्रदेशको नाममाथि भएको मतदानमा सहभागी ९९ जनामध्ये ८० जनाले मा ‘मधेश प्रदेश’ पक्षमा मत दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस